बेलायतवासी मोडलसंग अष्ट्रेलियावासी अभिनेत्रीको गीतमा रोमान्स

0 minutes, 7 seconds Read

काठमाडौं। बेलायतवासी नेपाली मोडल कुमुद पन्त तथा अष्ट्रेलियावासी नेपाली अभिनेत्री एवम् गायिका स्मृति पोखरेल अभिनित विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।

बरि लै लै बोलको गीतको भिडियो बेलायतवाटै सार्वजनिक भएको हो। जानकी पन्त जूनको शव्द रचना तथा राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको यस गीतको भिडियोमा बेलायतका रमणिय दृश्यहरु मज्जाले हेर्न पाइन्छ।

मनमोहक गीतमा कुमुद र स्मृतिको बेजोड अभिनय रहेको छ। गीतकार जानकी पन्त जूनले पनि यस गीतको भिडियोमा फिचरिङ गर्ने कार्य गरेकी छन्।


प्रकाशन मिति–२०७६ साल असार १३ गते शुक्रवार ।

Similar Posts