बेलायती प्रधानमन्त्री थेरेसाव्दारा राजीनामा

0 minutes, 0 seconds Read

लण्डन। बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएकी छन् । तीन वर्षसम्ममा पनि बेलायतलाई युरोपियन युनियनबाट अलग पार्ने प्रक्रिया ब्रेक्जिटलाई टुंगोमा पुर्याउन नसकेपछि बेलायती प्रधानमन्त्री थेरेसाले राजीनामा घोषणा दिएकी हुन्।

प्रधानमन्त्री मे को राजिनामा आगामी जुन ७ बाट लागु हुनेछ। उनले जुन ७ बाट लागु हुने गरी कन्जरभेटिभ पार्टीको उत्तराधिकारीबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। नयाँ प्रधानमन्त्री नचुनुन्जेल उनी पदमै रहन्छिन् ।

भावुक सम्बोधन गर्दै प्रधानमन्त्री मेले युरोपियन युनियनबाट बेलायत छुट्टयाउनका लागि आफूले सक्दो प्रयास गरेको बताइन्। अब बन्ने प्रधानमन्त्रीले पनि देश हितका लागि त्यो प्रयास जारी राख्ने उनको भनाइ छ। प्रधानमन्त्री मेले बे्रक्जिट प्रक्रियालाई टुंग्याउन नसक्दा आफुलाई निकै पश्चाताप भएको पनि बताइन्। राजीनामा घोषणा गर्दै गर्दा उनको गला अवरुद्ध भएको थियो ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल जेठ १० गते शुक्रवार ।

Similar Posts