बेलायती राजकुमार ह्यारीको हुनेवाली पत्नी मेगान मार्केल विवाह अगाडि नै गर्भवती

0
2390

लण्डन। बेलायतका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगान मार्केल वीच विवाह हुने त पक्का–पक्की भैसकेको छ। बेलायतका राजदरवार बगिंघम दरवारमा दुवैवीच इन्गेजमेन्ट पनि भैसकेको छ। दुवैवीच आउने बर्षको मे महिनामा विवाह हुने निश्चित छ।

 

दुवैवीचको लामो समयको प्रेम–प्रसंगलाई चांडै विवाह गर्न हतार गर्नुको पछाडि मेगान गर्भवती भएकोले हो भन्ने कुरा प्रकाशमा आएपछि एक किसिमले हंगामा नै भएको छ। बेलायतको एक पत्रिकाले स्रोतको हवाला दिँदै मेघान गर्भवती भएको दाबी गरेको छ । विवाहपछि सन्तानको योजना नपाउँदै विवाहअघि नै मेगान गर्भवती भएपछि राजकुमार ह्यारीले मेगानसँग इन्गेजमेन्ट गरेर विवाहको हतारो गरेको हुन सक्ने सो समाचारमा बताइएको छ।

पत्रिकाको दाबीलाई मिल्नेगरि, ह्यारीले हालैको एक अन्तरवार्तामा परिवारको योजना बारे बताएका थिए । ‘समयको एक खुड्किलो अगाडि बढेर हामी भविष्यमा परिवारको शुरुवात गर्नेछौं,’ ह्यारीले भनेका थिए, ‘मैले युवावस्थामा हुँदाखेरि नै बालबच्चाको चाहना राखेको थिएँ । म योग्य व्यक्तिको खोजीमा छु । जसले मेरो बालबच्चाको राम्रो ख्याल गरोस्।’ राजकुमार ह्यारीले पनि मेगान गर्भवती भएको समाचार बाहिरिएपछि खुशी व्यक्त गरेका छन्।

‘उनीहरू राजपरिवारका आधुनिक अनुहार हुन्। त्यसकारण उनीहरू आफ्नो इच्छामा काम गर्न सक्छन् । यस्तो मामलामा पुरानो शैलीको राजघरानाको संहिता लागू हुँदैन ’ उनको भनाइ उद्धृत गर्दै सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन्।

मेगानले ह्यारीसँग सम्बन्ध गाँस्नकै लागि ‘सुट्स’ नामको टेलिभिजन शो छोडेकी थिइन् । ‘म सात वर्षदेखि शोमा आबद्ध थिएँ। लामो समयसम्म काम गर्दा हामी भाग्यमानी अनुभव पनि गरिरहेका थियौं। मैले यो शोमा काम गरेकोभन्दा अहिले पनि गर्व लागिरहेको छ ’ उनले भनेकी छन्।

मेगनले थुप्रै टेलिभिजन सिरिजमा अभिनय गरे पनि फिल्म भने जम्मा जम्मी ५ वटामा अभिनय गरेकी छन्।
प्रकाशन मिति–२०७४ साल मंसीर २० गते बुधवार ।