
काठमाडौ। नेपालकी चर्चित नायिका तथा मोडल क्षितिजा शाक्य यतिखेर बुटिककै डिजाइन तथा यसको मार्केटिङ्गमा नै अत्यन्त व्यस्त बनेकी छन्। काठमाडौको न्यूरोडमा क्षितिजाज बुटिक क्रियशनको विस्तार गरेर विगत पाँच बर्षदेखि यसै पेशालाई मूल पेशा बनाएर अगाडि बढिरहेकी क्षितिजाले क्रियसन गरेका डिजाइनहरुले देश देखि विदेशसम्म लोकप्रियता हासिल गर्न थालेको छ।

क्षितिजाको डिजाइनमा भारतीय चर्चित मोडल दीपक आनन्द नेपाली पोशाक लगाउंदै हलिउडमा क्याटवाक गर्दै।

विशेषत विदेशवाट आएको अर्डरहरुको डिजाइन गर्नमा व्यस्त बनेकी क्षितिजाले क्रियसन गरेको नेपाली पोशाक लगाएर भारतीय मोडल तथा अभिनेता दीपक आनन्दले हालै हलिउडमा क्याटवाक गर्दा त्यसको बेग्लै परिचय तथा पहिचान एवम् गौरबता बढ्ेको छ। मिस्टर इन्टरनेशनल ग्लोबल २०१५ को टाइटल अवार्डको समेत विजेता भाुरतीय मोडल आनन्दले क्षितिजाको खुवी र क्षमतालाई नजर अन्दाज गरेर हलिउडदेखि विभिन् पहिरनहरुको डिजाइन गराएका थिए।

हाल अमेरिकामा नै रहेकी नेपाली चलचित्रकी ख्यातिप्राप्त अभिनेत्री कृष्टि मैनालीको पहिरनको डिजाइन गरेर हालै त्यहाँ पठाउने कार्य उनीवाट भएको छ। अर्कोतर्फ नेपालका बरिष्ठ अभिनेता शिव श्रेष्ठ शुटको डिजाइन पनि गरिदिएकी छन्। क्षितिजाको डिजाइनलाई अभिनेता श्रेष्ठले पनि अत्यन्त रुचाएको पाइएको छ। नेपालमा बसेर विदेशमा रहेका स्वदेशी तथा विदेशी सेलिब्रेटी देखि विजनेश पर्सनहरुको डिजाइन गर्न पाउंदा र उनीहरुको धमाधम अर्डर पाउंदा क्षितिजा निक्कै हौसिएकी छन्। बुटिक व्यवसायलाई क्रमिक रुपमा विदेशमा समेत विस्तार गरेर लैजाने सोच उनले बनाएकी छन्।


प्रकाशन मिति–२०७३ साल भदौ २७ गते सोमवार ।