भारत विरुद्ध पाकिस्तानव्दारा युद्धपूर्वको अभ्यास र युद्धको तयारी

0 minutes, 0 seconds Read

pakistan-yuddha

इस्लामावाद। पाकिस्तानी सेना युद्धको तयारीमा जुटेको छ। भारतसँग लगातार द्वन्द्व बढ्दै गएपछि पाकिस्तानले गएराति आफ्ना लडाकु विमान उडाएर युद्धपूर्वको अभ्यास र तयारी गरेको एक पाकिस्तानी पत्रकारले ट्वीटरमार्फत जनाएका छन्।

जियो न्यूजका सम्पादक हामिर मीरका अनुसार इस्लामावादमा गएराति चार लडाकु विमान उडेका थिए। इस्लामावादको आकाशमा ‘एफ–१६’ विमानले करिब ४÷५ फन्को लगाएको उनले जनाएका छन्।

आफूले पाकिस्तानी सैन्य अधिकारीसँग लडाकु विमानको उडानबारे जानकारी माग्दा सैन्य अधिकारीहरुले युद्ध अभ्यास गरिएको जानकारी दिएको पनि उनले जनाएका छन्। सैन्य अधिकारीहरुले सर्वसाधारणलाई निर्धक्क भएर बस्न आग्रह गरेको उनको भनाइ छ। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल असोज ७ गते शुक्रबार ।

Similar Posts