मनिषा कोइरालाका भाइ सिद्धार्थ कोइराला नेपाली राजनीतिमा आउने

0 minutes, 0 seconds Read

sidharth-koirala-1काठमाडौ। नेपाली कांग्रेसको संस्थापक नेता बीपी कोइरालाको नाति तथा बलिउड अभिनेत्री मनिषा कोइरालाका भाइ सिद्धार्थ कोइराला पनि नेपाली राजनीतिमा सक्रिय हुने भएको छ। सिद्धार्थले नेपाली कांग्रेसको भातृसंगठन तरुण दलको नेतृत्व सम्हाल्ने प्रयासरत रहेका छन्।

sidharth-koirala-2

तरुण दल मार्फत नेपाली कांग्रेसको मूलधारमा आउन चाहिरहेका सिद्धार्थ बीपी पुत्र प्रकाश कोइरालाका पुत्र हुन्। बलिउडक केही चलचित्रमा अभिनय गर्नुको अलावा नेपाली चलचित्र मेघामा समेत अभिनय गरिसकेका सिद्धार्थको चाहना यतिखेर अभिनय भन्दा राजनीति नै रहेको छ।

हजुरबाउको विरासत सम्हाल्ने कसरतमा रहेका सिद्धार्थलाई नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री तथा सिद्धार्थका काका डा.सशांक कोइरालाको साथ र समर्थन रहेको बताइन्छ।
प्रकाशन मिति–२०७३ साल भदौ २४ गते शुक्रबार ।

Similar Posts