मलेसियामा भएको एएफसी कपमा नेपालको शानदार जित–फुटवलको इतिहासमा कीर्तिमान

0 minutes, 0 seconds Read

aafc-cup-2

काठमाडौ। एएफसी सोलिडारिटी कपको उपाधि नेपालले जितेको छ। मलेसियाको कुचिङ्गस्थित सारावक स्टेडियममा भएको नेपालले उक्त कप जितेर नेपाली फुटवलको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ।

एसियाली फुटवल महासंघ एएफसीले आयोजना गरेको उक्त प्रतियोगितामा नेपाल पहिलो पटक फाइनलमा पुगेर जित हासिल गरेको हो। खेलमा आधाघण्टासम्म लगातार बल नेपालको नियन्त्रणमा राखिरहेको नेपालका लागी २९ औं मिनेटमा सुजल श्र्रेष्ठले गोल गरेका हुन्। यो गोल नै अन्तिम र निर्णायक गोल हुन पुग्यो।

मलेसियाको कुचिङमा हुने फाइनल खेलमा उपाधिका सहज जित हात पार्ने रणनीतिका साथ नेपालमा मैदानमा उत्रिएको थियो। नेपालले माघमा बङ्गबन्धु कपको उपाधि जितेको थियो। तर, यो अन्तराष्ट्रिय मान्यता पाएको प्रतियोगिता थिएन। लगतै सागको फुटबलमा स्वर्ण जितेको नेपालको एकै क्यालेेण्डर वर्षमा यो तेस्रो उपाधि हो।

फिफा बरियतामा नेपाल भन्दा कमजोर रहेको मकाउले खेलमा उल्लेखनीय सुधार गर्दै उपाधि जित्ने होडमा मैदानमा उत्रिएको थियो। फिफा बरियतामा नेपालभन्दा १० स्थान पछाडि छ । बरियतामा नेपाल १८६ औं स्थानमा छ भने मकाउ १९६ औं स्थानमा छ। सेमिफाइनलमा नेपालले आफू भन्दा बलियो टिम लाओसलाई पराजित गरेको थियो भने मकाउले ब्रुनाइलाई पराजित गरेको थियो।

नेपाल र मकाउले अहिलेसम्म आपसमा ६ खेल खेलेका छन्। जसमा नेपालले ४ खेलमा जित हासिल गर्दा एक खेलमा बराबरी गरेको छ भने एक खेलमा हार व्यहोरेको छ। नेपालले १६ गोल गर्दा ७ गोलमात्र खाएको छ।

aafc-cup-1
प्रकाशन मिति–२०७३ साल कात्तिक ३० गते मंगलवार ।

Similar Posts