मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवार विश्वका ५० नेतृत्वकर्ताको सूचीमा

0 minutes, 0 seconds Read

काठमाडौं। मानव बिचेबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्ष एवम् मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवार अमेरिकाको फर्च्यून म्यागेजिनले यस वर्ष घोषणा गरेको विश्वका ५० जना महिला नेतृत्वकर्ताको सूचीभित्र परेकी छन्।

अमेरिकाको प्रख्यात पत्रिका ‘फर्चयून म्यागजिन’ ले विश्वका ५० नेतृत्वकर्ताको सूचीमा उनलाई ३६ औं नम्बरमा समेटेको छ। मानव बेचबिखनविरुद्ध गरेको सशक्त कामले सूचीमा परेको म्यागेजिनले जनाएको छ।

शक्ति समूहको कार्यकारी निर्देशकका रुपमा कार्यरत दनुवार आफैं पनि बेचबिखन प्रभावित हुन्। १४ वर्षको उमेरमा भारतको बेश्यालयमा बेचिएकी दनुवार ६ महिनापछि मुक्त हुन सफल भएकी थिइन्। उनी र चरिमाया तामाङलगायतको अगुवाइमा शक्ति समूह गठन भएको हो।

नेपालबाट बर्सेनी करिब १५ हजार किशोरी बेचबिखन हुने र उनीहरूलाई तस्करी गरी भारतलगायत मुलुकमा यौन व्यापारमा लगाइन्छ। शक्ति समूहले अहिलेसम्म बेचिएका २० हजारभन्दा बढी महिलाको उद्धारमा सघाएको म्यागेजिनमा उल्लेख छ। विश्वका ५० नेतृत्वदायी सूचीमा न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आर्डन, बिल गेट्स पत्नी मेलिन्डासहित परेका छन्।
प्रकाशन मिति–२०७६ साल बैशाख १६ गते सोमवार ।

Similar Posts