मिठो हारजीत एकैप्रहर

0
434

तिज विशेष कविता–

–शोभा दुलाल मुडभरी

१.
आज त म।।।।।।।
सिंउदोमा सिन्दुर लाउंछु
त्यही छेउमा बिन्दीया लाउंछु।
आँखामा गाजल लाउछु ।
ओठमा लाली लाउछु
अनि कानमा बाली पनि लाउछु
किन थाहा छ ???
अनुहारमा मोहनी झल्काइ
सुन्दर आँखाले प्रियतमालाई
लट्ठै पार्नु छ आज ।।।।।।।।।।

२.
गलामा हार लाउछु ।
अलिकति झरेको पोते लाउछु ।
स्तनलाइ उर्बर देखाउन ,
कस्सिएको चोली पनि लाउछु
किन थाहा छ ???
आज प्रियतमालाई
बिद्युतीय प्रवाहमा तान्नु छ ।
यो तनसङगै लठ्ठै पार्नु छ ।
गलाबाट झरेको पोते थियोे नि ।।।।
हो! त्यहाँ पनि स्पर्श साट्नु छ ।
आज त यी दुबै अङ्गमा ।।।।।।।
बिधुतीय प्रवाह फैलाउनु छ ।

.
हातमा सुनचुरीसंगै मिसाएर
काँसचुरी पनि थपेर लाउनु छ ।
त्यही मुनी जोडी अङगुठी
औलाहरुमा लाउनु छ ।
पालिएका लामा नङ्हरुमा
बुट्टा भरीभरि पालिस लाउनु छ ।
अर्को हातमा घडी र चुरी
सङ्सङै जोडी अङगुठी र
पालीस पनि लाउनु छ ।
किन थाहा छ ???
हरेक पलकि तिम्रै दुःख र
सुखकि स्वामिनी म ,
तिम्रा बाधा,पिडा र थकानमा
मेरा हातका स्पर्शले
तिम्रा निधार ,आँखा पुछेर
चङ्गा बनाइ दिनेछु म।
मिठो मसिनो पकाइ खुवाइ
तिम्रा रुखा,मैला,पसिनालाई
धोइ पखाली
कमलको फुल समान
ताजगी बनाई रहन्छु ।
मेरा स्पर्शले तिमीलार्इ म।

४.
अलि तल छ नि,नितम्ब मुनि
पेटीकोटको इजार कसी ।।।।।।
सीफनको साडी पनि लाउछु म।
त्यही नितम्ब निरनी ।।।।।।।।।।
साडीको मुजा मुज्याएर झार्छु म।
अलिकती बारुली कमर देखाइ
उर्बर स्तन छोपे जस्तो गरि,
सप्कोले लज्जा ढाक्छु म।
किन थाहा छ ???
सिफनको साडीबाट
छोपिए जस्तो नितम्ब,
देखिए जस्तो बारुली कमर
नितम्ब नीर मुजिएका मुजाहरु
छोपिए जस्ता सप्काबाट,
चीहाएका उर्बर स्तनहरुले
यो अनुभुति गराउनेछन्
मेरा प्रियतमालाई
धर्तिमा अप्सरा झरेकी छे
यो जताउनु छ ।
उनकै काखमा रम्बा मधहोस छे
यो पनि प्रमाणित गराउनु छ ,
हृदय गगनमा मेघ थर्काएर
एकान्तमा पानी दर्काउनु छ।
नागपासको पिडा बिर्साएर
बाहुपासमा हराउनु छ दुबैले आज।

५.
आज त म खुट्टामा,
पाउजु पनि लाउछु।
पाउका थोरै लामा नङमा
राता पालिस लाउछु ।
अङगुलीमा विच्छि पनि लाउछु
कुर्कुचाका रक्तिम भागमा
तीउरी पनि लाउछु ।
किन थाहा छ ???
पाउका बिराली चालहरुमा
पाउजुका छमछमीआवाजले,
राता पालिस माथि लाएका बिच्छि र
तीउरीका मोहक रङ्गहरुले,
ममा मात्र हैन मेरा प्याराले
घरकै ध्वनिमा मोहनी भेट्नेछन
हावामा मेरै सुगन्ध सुघ्ने छन
सपनीमा पनि मलाइनै चुमी
यो कानेखुशी गर्ने छन ,
प्यारी,यो धर्तीमा हामी
अन्तिम श्वास रहेसम्म
यसैगरि साटि रहु।।।।।।।
जोडी रहु एक अर्कामा ।

६.
भन्दै जान्छन् प्यारा तब।।।।।।।
मेरा दुःखमा यसैगरि
बसीकरण गरीरहु
गुजुल्टीएका ब्यवहारिक
गन्जागोलहरुमा,,,,,,,,
तीमीले नै हात र साथ थामी
जीबनरुपी डुङ्गालाई
किनारा सम्म पुर्याउनु ।
दीवाकी सङगी,मार्ग निर्देशक
रातमा अङ्ग अङ्गकि भोगीनी
मिठो हारजीत एकैप्रहर भोग्दै ।।।।
भोगाइलाई भोग्दै जाउ यसैगरी
शोर् श्रृङ्गारमा सजिएरै ।।।।।।।।
हाम्रा थकान दुर सार्दै गर्नु है यसैगरी ।।
यो तेज,कान्ति एथावात रहीरहोश है सधै भरी।।
सधै सधै सधै भरी,मेरो जिबन काल भरी।।।।


स्वयम्भु, डल्लु मार्ग–१५, काठमाडौं।
प्रकाशन मिति–२०७७ साल भाद्र ४ गते विहीवार ।