मिस्टर काठमाडौंको चौथो संस्करणको पूर्वसन्ध्यामा डेमोन्स्ट्रेसन

0 minutes, 0 seconds Read

काठमाडौं। नेपाली बडी बिल्डरहरुको शान तथा गौरबताको विषय बन्दैआएको मिस्टर काठमाडौं हुने भएको छ। चौथो संस्करणको मिस्टर काठमाडौं यही आउने भदौ २० र २१ गते काठमाडौमा हुने भएको हो। काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा मिस्टर काठमाडौं हुनगैरहेको हो।

यसै सन्दर्भमा संघका पदाधिकारी तथा सदस्यहरुवीच शनिवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको छ। काठमाडौंको नक्सालस्थित नक्साल ब्यांक्विटमा आयोजित कार्यक्रममा विश्व विख्यात नेपाली बडी विल्डर महेश्वर महर्जनको समेत विशेष आतिथ्यता रहेको थियो। ख्यातिप्राप्त महिला बडी बिल्डर निर्मला महर्जनले प्रतियोगिताको डेमोन्स्ट्रेसन गरेर देखाएकी थिइन्।

प्रतियोगितामा महिला एथलेटिक्स फिजिक्स, जुनियर मिस्टर काठमाडौं शारीरिक सुगठन र पुरुष स्पोर्ट्स फिजिक्स स्पर्धा पनि समावेश गरिएको छ । सबै स्पर्धामा एक सय ३० बढी खेलाडीले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष सुरेश सुवेदीले बताए। प्रतियोगितामा मिस्टर काठमाडौंतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथि गरि कुल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो दिन प्रिजजिङ राउण्ड हुनेछ ।

त्यसपछि प्रत्येक तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा गराई पाँच जना खेलाडीलाई फाइनल चरणमा छनोट गरिने छ । समूहगत विजेता खेलाडीबीच पुनः प्रतिस्पर्धा पछि समग्रमा पहिलो हुने खेलाडीले ‘मिष्टर काठमाडौं’ को उपाधि जित्नेछ । उपाधिसँगै मिस्टर काठमाडौंले एक लाख ५० हजार रुपैयाँ र ब्यानेट प्राप्त गर्नेछ । अन्य विधाका विजेताले पनि नगद पुरस्कारसहित आकर्षक उपहार प्राप्त गर्नेछन्।


प्रकाशन मिति–२०७६ साल असार १४ गते शनिवार ।

Similar Posts