मिस नेपाल नर्थ अमेरिकाको कम्पिटिसनमा सोनिशा थापाको दावेदारी

0 minutes, 2 seconds Read

काठमाडौं। अमेरिकाको पेन्सलभेनिया इरीस्थित ग्यानन युनिभर्सिटीमा नर्सिङ विषयमा अध्ययनरत नेपाली विद्यार्थी सोनिशा थापा मिस नेपाल नर्थ अमेरिकाको दोश्रो संस्करणमा प्रतिस्पर्धी बनेकी छन्।

अमेरिकाको न्यूयोर्कमा यही अगष्ट १७, शनिवार हुने मिस नेपाल नर्थ अमेरीकाको दोश्रो संस्करणमा सोनिशा प्रतिस्पर्धी बनेर टाइटल जित्ने कडा मेहनतमा आफू रहेको जानकारी उनले भिजन संसार डटकमलाई दिएकी छन्।

नेपालमै रहँदा मिस एभरेष्ट सुन्दरी प्रतियोगितामा सहभागी बनेकी सोनिशाले मिस डिसिप्लेन, मिस पर्सनालिटी, मिस हेयर लगायतका अवार्ड पाइसकेकी छन्। भक्तपुरकी सोनिशा पढाइमा मेधावी त छँदैछिन त्यसमाथी पनि समाजमा हुने गरेका र भैरहेका प्रायः बिषयहरुमा चासो राखेर हरेक क्षेत्रलाई बुझेर अघि बढ्दै गरेकी उनी संचारकर्मी समेत हुन।

मिस नेपाल नर्थ अमेरीकामा १६ अमेरीका र १ क्यानडा गरि १७ प्रतियोगीले अन्तिम प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको आयोजक उन्नत इन्टरनेशनल र डिम्स युनिभर्सल हो।

http://www.nmagnepal.com/contest/miss-nepal-north-america/entry/33

प्रकाशन मिति–२०७६ साल साउन १५ गते बुधवार ।

Similar Posts