• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
मेरी बाँस्सैको चम्सुरी र धमलाको वाइफको यथार्थता

मेरी बाँस्सैको चम्सुरी र धमलाको वाइफको यथार्थता

27 January 2016
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Thursday, February 9, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home News Entertainment

मेरी बाँस्सैको चम्सुरी र धमलाको वाइफको यथार्थता

by Shyam Smrit
27 January 2016
in Entertainment
0
मेरी बाँस्सैको चम्सुरी र धमलाको वाइफको यथार्थता
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

7. with car-श्याम स्मृत
काठमाडौ। पल्पसा डंगोललाई धेरैले हाँस्य सिरियल मेरी बाँस्सैको मूला सागकी चम्सुरीको नामले बढी चिनिने गरेको छ। यो पल्पसाको विशेषता नै बनेको छ। केही बर्षयता बनेको यो नयाँ न्वारानभित्र हराएकी पल्पसाको आफ्नै पहिचान छ। चम्सुरी नामले उनीभित्रको यथार्थ नाम गुमनाम जस्तो बनेको छ। पल्पसा चम्सुरी नाममा साटिएको छ। हमलाको धमला नामक हिमालय टेलिभिजनको टक–शोबाट धमलाको वाइफको थप नाममा चिनिएकी छन्।

तर, यथार्थ अर्कै रहेको छ। यी नाम बाहेक उनको आफ्नै परिचय रहेको छ। बेग्लै शान रहेको छ। सन् १९९५ सालमा भएको मिस नेपालमा प्रतिस्पर्धी पल्पसा त्यो बेला मिस नेपाल नबनेतापनि मिस ट्यालेन्टेट बन्नु पर्ने थियो। ट्यालेन्ट राउण्डमा सवैलाई उनले उछिन्नेको भनिएतापनि परिणाम उनी मिस ट्यालेन्टेट बन्न सकिनन्। मिस ड्रेस नामक अर्थहीन अवार्ड पाएतापनि मिस नेपालको त्यो टाइटल होल्डप्रति कुनै गुनासो नभएको बताउने उनी कुशल डान्सर हुन्।

Palpasha Dangol in Dhamala ko Hamala 1Palpasha Dangol in Merri Bassai 2Palpasha Dangol in Merri Bassai 2सवैप्रकारका डान्स गर्ने त्यो बेला नै पल्पसाले खुवी राख्ने गरेकी छन्। कतिलाई थाहा नभएको यो अध्यारो पक्षमा पल्पसालाई धेरैले केवल मेरी बाँस्सैको चम्सुरीको नामले मात्र चिनिने गरेको छ। हाल आएर यो नाममा पनि बदलाव आउने क्रम जारी रहेको छ। मेरी बाँस्सैको चम्सुरीभन्दा बौद्धिक तथा सामान्य बर्ग सवैले धमलाको हमला नामक हिमालय टेलिभिजनको आक्रामक टक–शोबाट पत्रकार ऋषि धमलाको वाइफको नामवाट चिनिएकी छन्।

पत्रकार ऋषि धमलाको वाइफको रुपमा प्रस्तुत भएतापनि पल्पसा उक्त टक–शोमा धेरैको लागि अर्थहिन बनेको देखिन्छ। ऋषि धमलाको वाइफको रुपमा प्रस्तुत भएर पाहुनाहरुलाई चिया ख्वाउने तथा बेला–बेलामा सामान्य संवाद बोल्ने कार्य बाहेक त्यस शोमा उनको भूमिका पाइएको देखिदैन। यद्यपि, कुनै कुनै एपिसोडमा उनको सानो प्रस्तुति पनि दह्रो बन्ने गरेको छ। अक्सर नेवार ड्रेसमा प्रस्तुत हुने बाहुनको नेवार श्रीमती भनेर देखाउने प्रस्तुति प्रस्तुतकर्ता हिमालय टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत नारायण पुरीको परिकल्पना अनुरुप उनलाई प्रस्तुत गरिएको पाइन्छ।Palpasha Dangol in Merri Bassai 2Page No. 3-Palpasha Dangol 28. with carटक–शोमा पत्रकार धमलाले प्राय सवै अतिथिहरुलाई प्रश्नवाट हमला नै गर्ने गरेको पाइएको छ। उक्त हमलाले नेपाली चलचित्रका प्रियंका कार्की देखि ऋचा शर्मासम्म घायल बनिसकेका छन्। उनीहरुलाई धमलाले गरेको प्रश्नको हमलाले पत्रकार धमलाको पत्रकारिताप्रति नै धेरैले प्रश्न गरेको समेत पाइसकेको छ। तिनै प्रस्तुतिलाई लिएर अष्ट्रेलियाका एक महानुभावले धमलालाई लाइभ टेलिफोन अन्तरवार्ता गरेर कायल बनाएको प्रसंग हाल युट्युबमा भाइरल बनिरहेको छ।

पाहुनाहरुलाई टक–शोमा मज्जाले चाहिने नचाहिने प्रश्नवाट हमला गर्ने पत्रकार धमलालाई पत्नीको भूमिकाबाट कहिलेकाही मज्जाले पेल्ने कार्य पल्पसाबाट भएको पाइन्छ। पल्पसाले त्यसरी पेल्दा धमला पनि कन्फ्यिुज बनेर पल्पसाको पल्पसा नामको सट्टा घरकी असली पत्नी सिर्जना धमलाको नामवाट उनलाई टक–शोमा बोलाउने गर्दा रहेछन्। त्यो बेला धमलालाई उल्टै म तपाईको घरकी वाइफ होइन, मेरो नाम पल्पसा हो भनेर उल्टै थर्काउदा धमलाको अनुहार रातोपिरो हुने गरेको छ।
देश–विदेशमा लोकप्रियताको शिखरमा रहेको हिमालय टेलिभिजनको उक्त टक–शोबाट पल्पसालाई धमलाको वाइफको रुपमा धेरैले चिनिन थालेको छ। मेरी बाँस्सैको चम्सुरी देखि धमलाको वाइफसम्मको परिचयले शहरमा टक अफ दि टाउन बन्ने गरेकी पल्पसालाई अभिनयले खासै पालेको छैन्। उनको मूल डान्सर पेशाले पालेको उनी आफैले बताउने गर्छिन्।2. in Miss Nepal

काठमाडौको मेरिडियन, ज्ञानकुन्ज जस्ता आधादर्जन प्रतिष्ठित स्कुलका डान्स टिचरका रुपमा कार्यरत उनलाई बास्तवमा ती स्कुलहरुमा डान्स टिचिङ्ग गर्दैमा भ्याइँनभ्याइँ भएको छ। अझ राति काठमाडौका भोजन गृह, नेपाली भोजन लगायतका आधा दर्जन रेष्टुरेन्टमा पल्पसाले टिपिकल नेपाली डान्स–कल्चरल शो प्रस्तुत गर्ने कोर्डिनेटरको काम पनि बर्षौ–बर्षदेखि गर्दैआएकी छन्।

प्रतिष्ठित स्कुलमा स्कुले विद्यार्थी देखि प्रतिष्ठित नेपाली रेष्टुरेन्टहरुमा स्वदेशी तथा विदेशी पाहुनामाझ नेपाली टिपिकल डान्सको प्रमोसन गर्ने कार्य गर्दैआएकी पल्पसालाई कतिले आइरन लेडी पनि भन्ने गरेको छ। जस्तासुकै परिस्थिति सिर्जना भएपनि त्यसलाई डटेर सामना गर्ने बेग्लै खुवी उनमा भएकोले पल्पसा पल्पसा बन्ने गरेको उनलाई नजिकवाट चिन्ने सवैको प्रतिक्रिया रहेको छ।

Palpasha Dangol in Merri Bassai 2
7. with carलुनिभा आर्टस्की प्रमुख कार्यकारी अधिकृत समेत रहेकी पल्पसाले यही कंपनीमार्फत नेपाली टिपिकल कल्चरल डान्सको प्रमोसन गर्ने कार्य देश देखि विदेशसम्म गर्दैआएकी छन्। यो पहिला रहर भएतापनि हाल व्यवसाय बनेको कुरामा उनी नकार्दिनन्। विश्वमा नेपाली कल्चरल डान्स जस्तो उन्नत र सुसंस्कृत कतैपनि नभएको ठोकुवा उनको रहेको छ।

अझ नेपाली टिपिकल डान्समा नयाँ तथा नौला रहस्यलाई जनसमक्ष ल्याउने आफ्नो हरदमको प्रयास आफ्नो रहेको पल्पसाले बताएकी छन्। डान्सले चिनिएकी र डान्सले पालेकी दुई छोरीकी आमा पल्पसा चम्सुरी र धमला वाइफको उपनाम कलाकारिताको थप परिचय मात्र भएको भन्छिन्। यही दुई परिचयले अरु परिचयले भन्दा बढी चिनाएको यथार्थतालाई उनी विर्सदिनन्। यो पनि मेरो कलाकारिताको ठूलो कमाई हो भन्न उनी चुक्दिनन्।
प्रकाशन मिति–२०७२ साल माघ १३ गते बुधवार ।

Tags: ChamsuriPalpasha Dangolमेरी बाँस्सैको चम्सुरी र धमलाको वाइफको यथार्थता
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57592
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39763
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In