मोडल रिना थापामगरको ओम्बो लञ्ज

0 minutes, 0 seconds Read

काठमाडौं। नेपाली लोकदोहरी गायन तथा लोकदोहरी गीतका म्युजिक भिडियोहरुमा गाउने तथा अभिनय गर्ने कलाकारहरु हिजोआज चर्चाको शिखरमा रहेका छन्। लोकदोहरी गायन तथा लोकदोहरीका गीतका भिडियोहरुमा अभिनय गरेर जीवनलाई जमाउने कार्य उनीहरुवाट भैरहेको छ।

अझ लोकदोहरी नाचघर जस्ता विभिन्न लोकदोहरीका उद्यमी बनेर उनीहरुले नयाँ आयाम कायम गर्दैआएका छन्। पछिल्लो समय नेपाली लोकदोहरी गायन तथा अभिनयमा अग्रता कायम गर्दै आएकी मोडल रिना थापामगर हुन्। रिनाले दर्जनौ दर्जन लोकदोहरीका गीतका भिडियोहरुमा अभिनय गरेर सवैको वाहवाही पाइरहेकी छन्। सवैको प्रिय बनिरहेकी छन्।

यिनै मोडल रिना थापामगरले लोकदोहरी नाचघर काठमाडौंको ठमेलमा रहेको होटल पोतालामा संचालन गरेकी छन्। जसको नाम ओम्बो लञ्ज नाम दिएको छ। केही दिनअघि मात्र यस लञ्जको शुभारम्भ भएको जानकारी रिना थापामगरको अत्यन्त प्रिय दाजु ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामाले भिजन संसार डटकमलाई दिएका छन्। फोटोग्राफर लामाका अनुसार, काठमाडौंमा फाइभ स्टार  शैंलीको दोहरी नाचघर संभवत यो पहिलो नै हो।
प्रकाशन मिति–२०७६ साल बैशाख १८ गते बुधवार ।

Similar Posts