यतै घमाइलो उतै घमाइलो पश्चात गीता अधिकारीको तीजैमा यो बर्ष ब्रत

0 minutes, 2 seconds Read

काठमाडौं। गतवर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो…’सन्देश मुलक तीज गीत लिएर आएकी चलचित्र पत्रकार गीता अधिकारीको यसपाली ‘तीजैमा ब्रत बसी’ भाकाको सन्देशमूलक तीज गीत सार्वजनिक भएको छ। मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी’ सार्वजनिक गरिएको हो।

 तीज गीत ‘तीजैमा ब्रत बसी…’को भिडियोलाई गीताकी आमा यमकुमारी अधिकारीको प्रमुख आतिथ्यता र नेपाली पहिलो रङ्गीन चलचित्र आमाकी अभिनेत्री चैत्यदेवी, कीर्तिमानी गीतकार डा.डीआर उपाध्याय, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, गीतकार तथा चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष शान्तिप्रिय, गायक सीताराम पोखरेल, संगीतकार राजु सिंह, गीतकार संघका महासचिव वसन्त वित्यासी थापालगायतको आतिथ्यतामा सार्वजनिक गरिएको थियो।

नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र नायिका पुजना प्रधान, सारिका र पत्रकार गीता अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।


प्रकाशन मिति–२०७६ साल साउन ७ गते मंगलवार ।

Similar Posts