युवा व्युटीसियन लक्ष्मी थापावाट हावाहुरी पीडितको लागि राहत सहयोग

0 minutes, 0 seconds Read

काठमाडौं। काठमाडौंको न्यूरोड तथा बौद्धमा रहेको व्युटी थेरापीको अग्रणी संस्था लाभिज व्युटी लञ्ज एण्ड ट्रेनिङ सेन्टरले नेपालका हावाहुरी पीडितहरुलाई स्थलगत रुपमा नै राहत सहयोग प्रदान गरेको छ। लाभिज व्युटी लञ्जकी कार्यकारी निर्देशक तथा युवा व्युटीसियन लक्ष्मी थापाको नेतृत्वमा बारा जिल्लाको कलैया स्थित वडा नंबर ४ हर्दियाका हावाहुरी पीडितहरुलाई मानविय सहयोग गर्ने कार्य भएको हो।

व्यक्तिगत रुपमा व्युटी एक्सपर्ट लक्ष्मी थापा आफैले तथा केही विभिन्न कंपनी मार्फत प्राप्त भएका राहत सामाग्री स्थलगत रुपमा वितरण गर्ने कार्य भएको छ।

विशेष गरेर हावाहुरी पीडितहरुको लागि अत्यन्त आवश्यक झूल, भूईमा ओछ्याउने म्याट, खानेकुरा लगायतका राहत सामग्री बाराका हावाहुरी पीडितहरुलाई प्रदान गर्न पाउंदा अत्यन्त आत्मिक संतुष्टि मिलेको थापाले भिजन संसार डटकमलाई बताएकी छन्।

यसप्रकारका कार्य निरन्तर गर्दैजाने आफ्नो सोच र चाहना रहेको पनि थापाले भनेकी छन्।


प्रकाशन मिति–२०७५ साल चैत्र २९ गते शुक्रवार ।

Similar Posts