यो बर्षको एसएलसी परीक्षाको रिजल्ट सार्वजनिक–अर्को बर्षवाट एसएलसी नहुने

0 minutes, 0 seconds Read

काठमाडौ। यो बर्षको एसएलसी परीक्षाको रिजल्ट विहीवार अपरान्ह ३ बजेतिर सार्वजनिक भएको छ। एसएलसी परीक्षा नेपालमा शु्रु भएको ८२ बर्षको इतिहासमा पहिलो पल्ट ग्रेडिङ्ग प्रणालीवाट रिजल्ट प्रकाशित गरेको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले जनाएको छ। सोही कार्यालयले दिएको जानकारी अनुसार यो बर्षको एसएलसी नै अन्तिम भएको छ। अर्कोबर्ष देखि एसएलसी परीक्षा नहुने भएको छ। यो बर्षको एसएलसी परीक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जनामध्ये ३.६ भन्दा माथि देखी ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १६ हजार ४ सय ५४ जना प्राप्त गरेका छन्। SLC GRADING३.२ भन्दा माथी देखि ३.६ जीपीएमा ४१ हजार ५ सय ७७ जनाले ल्याएका छन्। २.८ भन्दा माथी देखि ३.२ जीपीएमा ४८ हजार ६ सय ११ जना, २.४ भन्दा माथी देखि २.८ जीपीएमा ६३ हजार १ सय ८१ जना, २ भन्दा माथी देखि २.४ जीपीएमा ९४ हजार ७ सय १६ र १.६ भन्दा माथी देखी २.४ जीपीएमा १ लाख ४ हजार २ सय ७८ जनाले पाएका छन्। एसएलसीमा सामेल भएका मध्ये ३ सय ८३ जनाको परिक्षा रद्ध गरिएको छ भने ३ सय ८० जनाको एक विषयको परिक्षा रद्ध गरिएको छ।

परीक्षा नियन्त्रण कार्यलयले दिएको जानकारी अनुसार डि र ई ग्रेड पाउने परीक्षार्थीले बढीमा दुई विषयमा पुन: परीक्षा दिन पाउने छन् । ग्रेड वृद्धीका लागि पुन:परीक्षा साउन २० र २१ गतेदेखि हुनेछ । यसमा नियमित तर्फ १ लाख ८ हजार ३ सय २६ जनाले परिक्षा दिन पाउने छन् भने पुरक परिक्षा साउन १४ देखि हुनेछ । यस्तै परीक्षा नियन्त्रण कार्यालयका अनुसार प्राविधिक तर्फको नतिजा एक हप्तापछि सार्वजनिक गरिने छ ।

SLC result in website

प्रकाशन मिति–२०७३ साल असार २ गते विहीवार ।

Similar Posts