रसिलो त्यो मायाको बोली सार्बजनिक

0 minutes, 12 seconds Read

काठमाडौं। मनै छुने गीत लेख्दैआएका बुनियाद गीतकार डीपी परिश्रमीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। गीतको बोल रसिलो त्यो मायाको बोलीमा गजबकै रहेको छ।

Mr. D.P.Parisharami- Vetran Auditor & Popular Lyirist of Nepal

संगीतकार दीपक शर्माको संगीतमा गीतमा झम्मझम्म पानी पार्ने गायक रामकृष्ण श्रेष्ठ र गायिका जेनी खालिङको मेलोडीपूर्ण गायन रहेको छ। रसिलो त्यो मायाको बोलीमा बोलको यो गजबको मिठो आधुनिक, लोक बेसको गीत हो। गीतको बोल र संगीतको तालको मिलन पछि राम्रो सांगीतिक खुराक निक्लन्छ भनेझै एउटा राम्रो गीत बजारमा आएको छ।

ओएसआर डिजिटल मार्फत युटुबमा भिडियो सार्बजनिक गरेको उक्त गीतमा नायिका अनु शाह र नायक नरेन खड्काले अभिनय गरेका छन्। प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन्। अत्यन्तै मनोरंजनात्मक आनन्दायी दृश्यहरु संलग्न यस भिडियोमा मायाका पारखीहरुले स्वर्गबाट झरेकी अप्सराको बयान सुन्न पाइन्छ।

https://www.youtube.com/watch?v=QJg9Yf_aVVA&feature=youtu.be&fbclid=IwAR1UJbBLIq8EHniXIMwEs6L4qveUtAU-EUoFoi7ygTtj1BARypjmY-yQ3bg

प्रकाशन मिति–२०७६ साल बैशाख १९ गते विहीवार ।

Similar Posts