लकडाउनको अवस्थामा पनि रक्त व्यवस्थापनमा सबैको सहभागिता आवश्यकता

0
162

–प्रेमसागर कर्माचार्य
(नेपालका रेकर्डेट रक्तदाता तथा अध्यक्ष–नेपाल स्वयंसेवी रक्तदाता समाज)

खुचिङ्ग भन्ने र गर्ने प्रबृत्तिको पराकाष्ठा हो–कोरोना भाईरस,कोभिड–१९ भन्दा अत्युक्ति नहोला। छिमेकी मित्रराष्ट्र चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको यो नव प्रजातिको भाईरसले आज बिश्वब्यापी महामारीको रूप लिइरहेको छ। केही होईन तर, भयावहको स्थिति सामना गर्नु परिरहेको छ । आजको दिनसम्म आईपुग्दा कोरोनाभाईरस(कोभिड–१९) बिश्वको १७९ देशमा फैलिएको समाचार पढ्न बाध्य भएका छौं । जसले गर्दा हजारौंले ज्यान गुमाउन पुगेको छ । बाँकी भयरहित हुन सकेको छैनन्।

अति बिकसित राष्ट्रको रूपमा बिश्वमा छाईरहेको छिमेकी मित्रराष्ट्र चीनमा एकाएक देखा परेको कोरोना भाईरस (कोभिड–१९) ले चीनलाई एक्ल्याउने स्वर्ण अवसरको रूपमा अन्य बिकसित राष्ट्रले नलिएको समेत भन्न नमिल्ने गरि ब्यबहारमा उत्रिएको भान हुनेगरि यो कोरोनाभाईरसलाई बेवास्ता गरेको पनि पाईयो। फलस्वरूप आज बिश्व नै कोरोना भाईरसबाट आक्रान्त र संक्रमित हुन पुगिरहेको छ। हाम्रो लोक भनाई अरूलाई खाने बाघले आफूलाई पनि खान्छले सार्थकता पाएको झैं लाग्दछ।

मानवीय संबेदनसिलता यदि मानव मात्रामा हुँदो हो त यो कोरोनाभाईरसले अति भयावह स्थितिको अवस्था सृजना हुने नै थिएन। सबैको साथ–सहयोग, सदभाव र रोगप्रति गम्भीरता हुँदो हो त यो कोरोनाभाईरसले दिनप्रतिदिन बिश्वब्यापी हुन पाउने थिएन। अति बिकसित राष्ट्रको रूपमा आफूलाई संसारमा परिचित राष्ट्रहरूको हेलचेक्राईं तथा लापरबाहीको कारण आज कोरोना भाईरसले बिश्वब्यापी आतंक मच्चाउँदै छ। चीन र हाम्रो दूरी सात समुन्द्र पारि छ भन्ने मनोबिज्ञानले ग्रसित मानसिकताको उपज हो यो अवस्था आउनुमा । हुँदाहुँदै चीनले आफ्ना नागरिकको सुरक्षा र स्वस्थ स्वास्थ्यको बातावरण बनाउने प्रयत्नरत हुने क्रममा लकडाउन नै लागू गर्नु पर्यो। यो कदमलाई समेत खिस्सिमा उडाएको पढ्न पाईयो। अनावश्यक भनेको पढ्न पाईयो।

आज कोरोनाभाईरस केवल छिमेकी मित्रराष्ट्र चीनको मात्र पेवा रहेन। यो कोरोनाभाईरस, छिमेकी मित्रराष्ट्र चीनमा अवस्थित आठौं आश्चर्य मध्येको एक ग्रेटवाललाई नाघेर संसारभर फैलिएर मानवजगतलाई संक्रमित बनाउँदै लगिएको छ। छिमेकी मित्रराष्ट्र चीनमा यो कोरोना भाईरसले प्राय निर्मुलता पाईसकेको अवस्था छ। तर, यही कोरोना भाईरसबाट उन्मुक्ति पाउन कतै निजी त कतै समूहगत त कतै सरकारी तवरले क्वारेन्टाइनको व्यवस्थापन गर्न बिश्व समुदाय लागि परेका छन् । साझा दायित्व र कर्तव्य बोध नहुँदा वा यसरी बेवास्ता गर्दाको परिणाम आज आम बिश्व समुदायले भोग्नु परिरहेको छ ।

यसरी भयावह स्थिति आईपुग्दा समेत नेपाल सरकार आफ्ना नागरिक प्रति खासै जिम्मेवार देखिएको छैन । यो लेख लेख्दै गर्दाको क्रममा स्वास्थ्य मन्त्रीको नेतृत्वमा स्वास्थ्य मन्त्रालयको सभाकक्षमा पत्रकार सम्मेलन मार्फत १९ बर्षिय एक युवतीलाई कोरोना भाईरसबाट संक्रमित भएको जानकारी सार्वजनिक गरिएको घटनाले देशैलाई स्तब्ध तुल्याएको छ। कोरनाभाईरसबाट संक्रमित युवतीको परिवार र उनीसंग आएकाहरूको खोजिगरि क्वारेन्टाइनमा राखिने छ, यो भनाईले नेपाल सरकार नागरिक सुरक्षाप्रति कतिको गैह्र जिम्मेवार छ भन्ने पुष्टि गर्दछ । उता भारतको कतिपय राज्यमा लकडाउन घोषणा गरिएपछि रोजगारिको सिलसिलामा गएका नेपाली दाजुभाइ , दिदीबहिनीहरू पश्चिम नाका भएर स्वदेश फर्कने हजारौंको संख्यामा बिना स्वास्थ्य परिक्षण,बिना क्वारेन्टाइन र क्वारेन्टाइनमा राखिएका पनि निर्वाधरूपमा भागेको दृष्य पनि देख्न पायौं । यसरी सिर्जिएको यो अवस्था र घटनाले नेपालीहरूको भविष्य कता दोहोरिने हो ? यूरोप,अमेरिका र अन्य देशहरूको जस्तै नियति त भोग्नु पर्ने होईन?? यदि यस्तो अवस्थामा नेपाल सरकारसंग नागरिकहरूको रक्षार्थ के रणनीति तयार छ?

कोरोना भाईरसको उदगम थलो छिमेकी मित्रराष्ट्र चीनमा संक्रमितहरूको संख्यामा शुन्य प्राय ल्याउन सफल हुँदै गर्दा नेपाल लगायत अन्य राष्ट्रहरू यसको तिब्र प्रभावले आक्रान्त बन्दै गैरहेका छन् । यथोचित व्यवस्थापन नै कोरोना भाईरस न्यूनीकरण वा निर्मूल पार्ने सहज उपाय हो। अनुशासित जीवनशैली नै कोरोना भाईरसबाट टाढा रहने उपयुुक्त उपाय हो। यो कार्यशैली छिमेकी मित्रराष्ट्र चीनबाट आम जगतले अनुशरण वा सिक्न जरुरी छ। फलस्वरूप लकडाउनको निति अवलम्बन गर्न कतिपय राष्ट्रहरू बाध्य भएका छन् ।

सम्बन्धित निकायको आह्वानलाई,सुझाब,अनुरोधलाई सहज तवरले स्विकारेर अनुसासित हुने हो भने लकडाउनको आवश्यकता नै पर्ने थिएन । कोरोना भईरसको त्रासले काठमाडौंबाट आफ्नो घर फर्कनेहरूको घुंइचो–भिड हेर्ने हो भने चाडपर्वमा घरतिर प्रस्थान गरिरहेको जस्तो देखिन्थ्यो । टोलटोल,छरछिमेक गाउँघर,चौतारी र पाटिपौवाको बाताबरणले यस्तै झल्को दिने गरेका छन् । जसको कारण लकडाउनूको आवश्यकता अपरिहार्य हुन गयो । अझ् यसलाई यो कदमलाई गम्भीरतापूर्वक नागरिकहरूले पालना गरेको छ की छैनन् ? यो नै कोरोना भाईरसले भयावहको रूप लिने की न्यूनीकरणको दिशातर्फ उन्मुख हुने हो? यसैबाट प्रष्ट हुनेछ । भविष्य पनि यसैमा निर्भर रहनेछ ।

मानव जीवनमा यि र यस्ता नयाँ नयाँ रोगहरूले संक्रमण हुन छोडिएको छैन । फेरिपनि उपचार गर्नैपर्ने बाध्यता छ । कोरोनाभाईरसका बिरामीहरूलाई रगत र रक्ततत्वहरूको आवश्यकता परेको सुन्नमा आएको छैन । तर अरू बिरामीहरूलाई आवश्यकता पर्ने गरेको छ । यस्ता थुप्रै प्रकारका बिरामीहरू छन् । रगत र रक्ततत्वहरूको अपरिहार्य भएका ति बिरामीहरूलाई रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको जोहो कसरी गर्ने त ? कोरोनाभाईरसले सबैलाई होम क्वारेन्टाइूमा राखिएको अवस्था छ।

नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ । यो दूरगामी सोँच र सम्बन्धित पक्ष र सरोकारवालाहरू बिचको समन्वय तथा सहकार्य बिनाको उपज हो । एकतर्फी सोंचाईले रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको व्यवस्थापन गर्न पीडित पक्षलाई कठिनाई हुन पुगेको छ । पीडित पक्षहरू सम्बन्धि निकाय समक्ष पुग्दा उपलब्ध हुन नसकेको रगत र रगतबाट तयार परिएको रक्ततत्वहरूको व्यवस्थापन गर्न हामी नेपाल स्वयंसेवी रक्तदाता समाजले बिगत बन्द,हडताल,कर्फ्युमा पुर्याएको सामुहिक सहयोगको शैलीभन्दा पृथक तवरे सेवा पुर्याउन–दिन थालेका छौं।

होम क्वारेन्टाइन र लकडाउन यो अवस्थामा हामी स्वयंसेवी रक्तदाताहरूको अनुकुलतामा उहाँहरूले भन्नु भएक्को स्थान वा घरदैलोमा पुगि रगत संकलन गरेरै भएपनि पीडित पक्षलाई सेवा प्रदान गर्ने कार्य हो शुभारम्भ गर्नेछौं । रगत र रगतबाट तयार पारिएको रक्ततत्वहरूको अभावका कारण कुनैपनि बिरामीहरूले उपचारबाट बञ्चित हुन नपरोस् । सेवाभाव भएमा होमक्वारेन्टाइनमा बसिबसि रक्तदान गरि पीडितको जीवन रक्षा गर्न र पुण्य कमाउन आग्रह समेत गर्दछौं । लकडाउनको अवस्थामा पनि रक्त व्यवस्थापनमा सबैको सहभागिता भन्ने नारालाई समेत सार्थक तुल्याउदै सेवा पुर्याउनमा मद्दत गरौं ।
प्रकाशन मिति–२०७६ साल चैत १३ गते विहीवार ।