लगनटोलमा विहानै आगलागी हुंदा एकको मृत्यु तथा तीन घर जल्यो

0
1091

काठमाडौ। काठमाडौको बाँक्लो बस्ती रहेको लगनटोल स्थित एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । काठमाडौ महानगरपालिका वडा नंबर २१ लगनटोलस्थित अमृत रञ्जितको घरमा आगो लागेको हो ।

आगलागीमा परेर सोही घरमा डेरा गरी बस्ने ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा प्रविण श्रेष्ठ घाइते भएका छन्। उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ।

मध्यराति रञ्जितको घरमा आगलागी भएपछि काठमाडौं, ललितपुर र भक्तपुरका दमकल तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आज शनिवार बिहान मात्र आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट रञ्जितको घरका दुई वटा ग्यासका सिलिन्डर विस्फोट भएपछि नजिकैको अष्टनारायण महर्जन र सरोज शाक्यको घरमा समेत आगोले क्षति पुर्‍याएको छ। हिटरबाट आगो सल्किएको कारण आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट पत्ता लागेको छ।

प्रकाशन मिति–२०७४ साल फागुन ५ गते शनिवार ।