लण्डनका राता बसहरुमा भिजिट नेपाल

0 minutes, 0 seconds Read

लण्डन। बेलायतको राजधानी लण्डनमा यतिखेर नेपालको व्यापक प्रचार प्रसार भैरहेको छ। त्यो विश्वव्यापी लण्डनको परिचय बनेका लण्डनका राता बसहरुमा नेपालको व्यापक प्रचार प्रसार भैरहेको हो। जसवाट भिजिट नेपाल २०२० को व्यापक प्रचार प्रसार गर्ने कार्य भैरहेको छ। भिजिट नेपालका प्रचार सामाग्री सहित लण्डनका राता बसहरु लण्डनमा गुडिरहेको पाइदा सवै नेपालीहरु दंग पर्ने गरेका छन्।

ती राता बसका भित्ताहरुमा नेपाल लाइफटाइम एक्सपेरियन्सका पोस्टरहरु टाँसिएका छन् । लण्डनका शहरका विभिन्न २ दर्जन रुटमा चल्ने करिब ५० बसहरुमा यी पोस्टरहरु लगाइएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ। जसमध्ये मध्य लण्डनका पार्लियामेन्ट स्क्वायर, वेस्टमिनिस्टर, ट्राफल्गर स्क्वायर, केन्सिङटन हाई स्ट्रिट, सेन्ट पल्स लगायतका महत्वपूर्ण क्षेत्रहरु हुंदै गुड्ने बसहरु पनि छन्।

गत मंगलबारदेखि २ सातासम्म चल्ने यो प्रचार अभियानले करिब ४५ लाख बेलायतीहरुमाझ नेपाल भ्रमणको सन्देश पुर्‍याउने अपेक्षा लण्डनस्थित नेपाली राजदूतावासले राखेको छ।
प्रकाशन मिति–२०७६ साल साउन १२ गते आइतवार ।

Similar Posts