वज्राचार्य क्लबको वेव साईट शुभारम्भ

0 minutes, 1 second Read

काठमाडौं। वज्राचार्य क्लबको अफिसियल वेव साईट शुभारम्भ भएको छ। www.bajracharyaclub.org.com.np को प्राध्यापक डा.सुवर्णलाल वज्राचार्यले स्वीचअन गरेपनि शुभारम्भ भएको हो। शुभारम्भ कार्यक्रममा सम्वोधन गर्ने क्रममा उक्त वेव साइट मार्फत संसारलाई वज्राचार्यहरुका विविध गतिविधि सम्प्रेषण गरेर सुसुचित गर्ने र संसारभर छरिएर वज्राचार्यलाई एउटै छाना मुनि ल्याउनुपर्ने आवश्यकता माथि वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष शैलेन्द्र वज्राचार्यले तिहार भन्दा अगाडि वल्र्ड वज्राचार्य अवार्ड कार्यक्रम गर्ने घोषणा गरे। उक्त कार्यक्रमलाई आवश्यक सूचना संकलन गर्नका लागि वेव साईटको प्रयोग प्रचुर मात्रामा गर्नु पर्ने कुरामा जोड दिए। वेव साईटका निर्माता सुजन वज्राचार्यले वेव साईट संचालन गर्ने प्रक्रियालाई प्रयोगात्मक रुपमै सिकाएका थिए ।

क्लबका अध्यक्ष ज्योति वज्राचार्यको सभापतित्वमा संचालित उक्त कार्यक्रममा वज्रयान महासंघका अध्यक्ष राजेन्द्रमान वज्राचार्य, वज्राचार्य संरक्षण समितिका उपाध्यक्ष सागरमान वज्राचार्य, वज्राचार्य समन्वय परिषद्का अध्यक्ष अनार रत्न वज्राचार्यले वज्राचार्य एक थर मात्र नभएर वज्रयानमा आचार्य गरेका उपाधीधारणकर्ता भएकाले अन्य क्रियाकलाप संगसंगै अत्यावश्यक कर्मकाण्डमा पनि अभ्यस्त हुनु पर्ने कुरामा संयुक्त रुपमै जोड दिए।

कार्यक्रम सृजन वज्राचार्यले संचालन गरेका थिए। उक्त क्लबले हरेक बर्ष शान्तिपुर पत्रिकाको प्रकाशन गरिरहेको छ भने बर्षेनी सामुहिक पञ्चदान कार्यक्रम आयोजना गरेर संकलन भएको रकमलाई काठमाडौं भित्र रहेका महाविहारहरुको जीर्णोद्धार गर्ने कार्यमा सहयोग प्रदान गर्दै आएको छ।
प्रकाशन मिति–२०७६ साल असार १५ गते आइतवार ।

Similar Posts