विद्युत प्राधिकरणले चैत्र १ गतेवाट दैनिक एक घण्टा लोडसेडिङ्ग घटायो (तालिका सहित)।

0 minutes, 0 seconds Read

काठमाडौ। चैत्र १ गते सोमवार देखि लागू हुनेगरी नेपाल विद्युत प्राधिकरणले दैनिक एक घण्टा लोडसेडिङ्ग घटाएको छ। दैनिक १३ घण्टासम्म लोडसेडिङ्ग गर्दैआएको प्राधिकरणले सोमवारवाट दैनिक १२ घण्टा मात्र गरिने प्राधिकरणले जनाएको छ।

नदीहरुमा जलस्तर घट्ने क्रममा रहेको भए पनि भारतबाट थप विद्युत आयात भई सप्लाइ स्थिर रहेको भन्दै प्राधिकरणले लोडसेडिङ कटौती गरेको हो। त्यसैगरी निकट भविष्यमा संचालन हुन गइरहेको प्रवेशिका परीक्षालाई समेत मध्यनजर गर्दै साविकमा हुँदै आएको लोडसेडिङमा केही कटौती गरिएको प्राधिकरणले जनाएको छ।

Load Shedding Newप्रकाशन मिति–२०७२ साल फागुन ३० गते आइतवार ।

Similar Posts