विहीवार एकाविहानै काठमाडौको विष्णुमति पुलनजिक एक स्कुल बसमा आगजनी

0 minutes, 0 seconds Read

School Bus ma Agajaniकाठमाडौ। विहीवार एकाविहानै काठमाडौको डल्लुस्थित विष्णुमति पुलनजिक एक स्कुल बसमा आगजनी गरिएको छ। अज्ञात व्यक्तिहरुवाट आगजनी गरिएको उक्त स्कुल बस ललितपुरको झम्सिखेलस्थित आइडियल मोडल स्कुलको रहेको छ। तीनजना अज्ञात व्यक्तिहरुले विष्णुमति पुलमा उक्त स्कुल बस रोकेर सवै विद्यार्थीलाई सडकमा झारेर पेट्रोल छर्केर आगजानी गरेको स्थानियहरुको भनाई रहेको छ।

विहानको समय भएकोले त्यसप्रकारको आगजानी किन र के कारण सोही स्कुलको बसलाई टार्गेट गरेर गरेको भन्ने कुरा खुलेको छैन्। घटना विहान साँढे ६ बजे भएको थियो। सडकमा स्कुल बस दनदनी बलिरहदा त्यहाँ प्रहरीको उपस्थिति देखिएको थिएन। घटना गर्ने अज्ञात तीन व्यक्तिहरु कसैले पहिचान गर्न नसकेको बताइएको छ। प्रहरीले यस बारेमा अनुसन्धान गरिरहेको भनेको छ।

सडकमा एकाविहानै स्कुल बसमा आगजानी हुंदा स्थानिय वरपर केही समय आतंकको स्थिति सिर्जना भएको थियो।
प्रकाशन मिति–२०७३ साल साउन ६ गते विहीवार।

Similar Posts