शनिबार राति १२ बजेदेखि आइतबार मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने

0
36

काठमाडौं। शनिबार राति १२ बजेदेखि आइतबार मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने भएको छ। निर्वाचनको सुरक्षालाई लक्षित गरी गृह मन्त्रालयले १२ बजेदेखि गाडी चलाउन रोक लगाएको हो।

आइतबार बिहानैदेखि मतदान रहेकाले निर्वाचन सुरक्षालाई बलियो बनाउन अत्यावश्यकबाहेकका सवारीसाधन चलाउन रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।

‘बिहान ४ बजेदेखि सवारीसाधन चलाउन रोक्ने निर्णय यसअघि नै भइसकेको छ,’ उनले भने, ‘कतिपय बाटोमै अलपत्र पर्न सक्ने भएकाले राति १२ बजेदेखि नै रोक लगाउन भनेका छौँ।’

निर्वाचनको दिन साँझ ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ। आइतबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा र प्रदेश सभाका लागि देशभरि मतदान हुँदैछ।
प्रकाशन मिति–२०७९ साल मंसीर ३ गते शनिवार ।