संघीय नेपालको राजधानी काठमाडौंमा आठ लाखभन्दा बढीको धनमाल चोरी

0
237

काठमाडौं। संघीय नेपालको राजधानी काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा आज मंगलवार आठ लाखभन्दा बढीको धनमाल चोरी भएको छ।

काठमाडौँ महानगरपालिका–२६ कपुरधारामा डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का अमृतकुमार श्रेष्ठको कोठाबाट नगद रु एक लाख ५० हजारसहित सुनका गरगहना गरी रु दुई लाख ४० हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

यसैगरी काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मकवानपुर बज्रबराहीका २४ वर्षीय प्रयास बलामीको निकुञ्ज ट्रेड प्रालिबाट विभिन्न कम्पनीका मोबाइल, पेनड्राइभ र मेमोरी कार्डसमेत गरी करीब रु पाँच लाख ७७ हजार बराबरको धनमाल आज बिहान चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। चोरीमा संलग्न भएका फरार रहेकाले खोजी जारी रहेको जनाइएको छ।
प्रकाशन मिति–२०७५ साल फागुन २८ गते मंगलवार ।