सात महिनाको मधुमास तोड्दै एकीकृत नेकपा माओवादीले केपी शर्मा ओलीमाथि अस्त्र प्रहार गरेको छ । मुलुकलाई पुनर्निर्माण अभियानमा होमेर बजेट ल्याउने तयारी जुटेको वर्तमान सरकारलाई बजेटको वाकस नै खोल्न नदिने तयारीका साथ एकीकृत माओवादी अघि बढ्दा केही दिन अघिदेखिको नेपाली काँग्रेसले गरेको सरकार परिवर्तनको प्रयासको पनि पुष्टि भएको छ । अध्यक्ष पुष्पकमल दाहाललाई अघि सारेर एकीकृत माओवादीले अन्य दललाई सहयोगको आव्हान गरिसक्दा एमाले प्रतिरक्षामा उत्रन बाध्य भएको छ ।
सरकार परिवर्तनको खेल
ByVisionSansar
May 5, 2016 KP Sharma Oli, nepal, nepali politics, visionsansar, सरकार परिवर्तनको खेल