सवैले इन्टरनेटको सेवा शुल्क बृद्धि गरेपनि नेपाल टेलिकमले महशुल नबढाउने

0 minutes, 0 seconds Read

काठमाडौं। आम इन्टरनेट प्रदायक संस्थाहरुले इन्टरनेटको सेवा शुल्क १३ प्रतिशतको दरले बृद्धि गर्ने भएको छ। तर, नेपाल टेलिकमले इन्टरनेट सेवाको महशुल नबढाउने भएको छ।

सरकारले हालै मात्र इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेको थियो । त्यस आधारमा इन्टरनेट सेवा प्रदायकहरुले साउन १ गतेबाट लागू हुने गरी १३ प्रतिशत महसुल बृद्धिको निर्णय गरेका छन्।

नेपाल टेलिकमले भने ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी इन्टरनेट सेवाको महशुल वृद्धि नगर्ने निर्णय लिएको छ। जुन खुशीको कुरा भएको सर्वसाधारणको प्रतिक्रिया रहेको छ।
प्रकाशन मिति–२०७६ साल असार ३१ गते मंगलवार ।

Similar Posts