सहयोगदाताहरुवाट नेपाल स्वयमसेवी रक्तदाता समाजलाई सहयोग

0 minutes, 0 seconds Read

Blood Donation 1
काठमाडौ। काठमाडौको चण्डोल स्थित सावल बचत तथा ऋण सहकारी संस्थाको कार्यकक्षमा आयोजित समारोहमा नेपाल स्वयमसेवी रक्तदाता समाजलाई सहयोग हस्तान्तरण गरिएको छ।

विहीवार बुवाको मुख हेर्ने पर्व पारेर विभिन्न सहयोगी दाताहरुले समाजलाई नगद सहयोग दिएको समाजका केन्द्रिय अध्यक्ष तथा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले बताएका छन्।

त्यसरी समाजलाई सहयोग दिने दाताहरुमा उमा शर्मा, सावल सहकारीका अध्यक्ष तीर्थराज खरेल, उत्तरा उप्रेती र दिव्यमणि दीक्षित रहेका छन्। यी दाताहरुले क्रमशः १० हजार, १ हजार, १० हजार र १० हजार गरेर ३१ हजार सहयोग केन्द्रिय अध्यक्ष कर्माचार्यलाई हस्तान्तरण गरेका हुन्।

Blood donationa.2
प्रकाशन मिति–२०७३ साल भदौ १७ गते शुक्रबार ।

Similar Posts