‘सारेगमप लिटिल च्याम्प’मा दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसी व्यापक चर्चामा

0 minutes, 0 seconds Read

काठमाडौं। भारतीय जी टेलिभिजनव्दारा प्रशारण गरिरहेको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा दुई नेपाली बाल प्रतिभा व्यापक चर्चामा रहेका छन्। रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसी यतिखेर व्यापक चर्चामा रहेको हो। दुवै सर्वोत्कृष्ट हुने बाटोमा रहेका छन्। अर्थात दुवै टप सिक्सभित्र परिसकेका छन्।

भारतीय टेलिभिजन च्यानल जी टिभीले गत फेब्रुअरी ९ बाट सुरु गरेको चर्चित रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा सहभागी यी दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसीले तहल्का मच्चाउँदै अगाडि बढेका छन् । अडिसन राउन्डमा सहभागी २० हजार प्रतिस्पर्धीलाई पछि पार्दै अघि बढेका उनीहरु अहिले फाइनल राउण्डमा प्रवेश गरेका छन्।

सुरुआती चरणमा उत्कृष्ट ३० बाट पनि उत्कृष्ट हुँदै उनीहरु अहिले ‘टप सिक्स’ अर्थात फाइनल राउण्डमा प्रवेश गरेका हुन् । हिन्दी चलचित्रका गीतहरु प्रस्तुत गर्ने क्रममा निर्णायक मण्डलको शत प्रतिशत मन जित्न सफल हुँदै आएका प्रितम र आयुषको प्रस्तुति निकै नै दमदार प्रस्तुति रहँदै आएको छ। १३ वर्षीय आयुष भक्तपुर निवासी हुन् भने सुनसरीको इटहरीका प्रितम आचार्य ११ वर्षका हुन्।

१६ वर्ष मुनिका बाल कलाकार सहभागी हुन पाउने प्रतियोगिताको अडिसन राउन्डमा अरु पनि नेपाली बालप्रतिभा सहभागी भएका थिए। तर, आयुष र प्रितम यसमा छानिएर टप फाइनल राउण्डमा पर्न सफल भएका हुन्।नेपालमा रियालिटी शो सुरशालाको जुनियर आइडल बनेका आयुष र उपविजेता बनेका प्रितमको लगाव संगीतमा रहँदै आएको छ। यो शनिवार रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’को फाइनल राउण्ड रहेको छ। जसमा यी दुवै नेपाली बालक मध्ये एकले सर्वोत्कृष्टता हासिल गर्ने सवैले अपेक्षा गरेका छन्।
प्रकाशन मिति–२०७६ साल जेठ २२ गते बुधवार ।

Similar Posts