सिंहदरवारको मूलगेटमा रातो रंग छ्याप्ने दुई रिहा भएको लगतै चार पक्राउ

0 minutes, 0 seconds Read

singh darbar rang bibad 1काठमाडौ। नेपालको प्रमुख प्रशासकीय भवन सिंहदरवार नेपालकै इज्जत तथा प्रतिष्ठाको विषयको रुपमा लिइने गरेको छ। राणाकालमा निर्माण भएको सिंहदरवारभित्र प्रधानमन्त्री कार्यालय देखि लगभग सवै मन्त्रालय तथा विभिन्न निकाय रहेका छन्। यस्तो महत्वपूर्ण सिंहदरवार प्रवेश गेटलाई लक्षित गरेर कुनैपनि कार्य गर्नु नेपालको कानून अनुसार दण्डनिय मानिन्छ।

यसो भएतापनि विरोध दर्शाउने कार्यअनुरुप पहिलो पल्ट केही दिनअघि शेषकुमार झा र इशान अधिकारीले सिंहदरवारको पश्चिमतिरको मूलगेटमा नै रातो रंग छ्यापेर विरोध जनाएका छन्। कानून विपरितको त्यस कार्य गरेको लगतै उनीहरुलाई प्रहरीले पक्राउ गरेर जेल चलान गरेका थिए। ती दुवैलाई काठमाडौ जिल्ला प्रशासन कार्यालयले विहीवार थुनामुक्त गरेको छ। झालाई साधारण तारेख र अधिकारीलाई पाँच हजार धरौटीमा छाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

singh darbar rang bibad 2

झा र अधिकारी थुनामुक्त भएकै दिन उनीहरुकै शैलीमा उनीहरुको कार्यलाई निरन्तरता दिनेजस्तो गरेर चारजनाले त्यसरी नै सिंहदरवारमा रातो रंग छ्यापेका छन्। त्यसरी रंग छ्याप्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मनिष श्रेष्ठ, शरद केसी, प्रतिक श्रेष्ठ र विमल बोलाखे छन्। उनीहरुले यस प्रकारको विरोध जनाएर के कुराको संकेत दिन खोजेको हो र उनीहरु कसवाट संचालित छन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ।

singh darbar rang bibad 3प्रकाशन मिति–२०७३ साल जेठ १३ गते विहीवार ।

Similar Posts