स्कटल्याण्डको एडिनबर्गमा तीजको रोमाञ्चकतामा नाचगानको रमाइलो कार्यक्रम

0 minutes, 0 seconds Read

scotland-teez-2लण्डन। स्कटल्याण्डको एडिनबर्गमा नेपाली हिन्दू महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीज भव्य रुपमा मनाएको छ। स्कटल्याण्डमा रहेका विजय डंगोलका अनुसार नेपालवाट धेरै टाढा स्कटल्याण्डमा रहेका नेपाली महिला दिदीबहिनीहरुले आफ्नो परम्परा तथा संस्कृतिलाई नेपालमा जस्तै जस्ताको मनाउने कार्य भएको छ।

scotland-teez-3

यहाँ पनि विवाहिता महिलाले श्रीमानको आयु तथा आरोग्यताको लागि निराहार ब्रत लिएका थिए। त्यसैगरेर अविवाहिताहरुले राम्रो बरको अपेक्षा गरेर ब्रत बसेको बताइएको छ। नेपालमा जस्तै हरितालिका तीजको अघिल्लो दिन दरखाने तथा तीजको पर्सिपल्ट ऋषिपंचमीका दिन सप्तऋषिको पूजाआजा गरेर तीजलाई समापन गरिएको थियो।

scotland-teez-1

तीजको दिन स्कटल्याण्डका स्थानिय नेपाली चेलीवेटीहरुव्दारा तीज गीतमा नाचगान कार्यक्रम गरेका थिए। जसमा स्कटल्याण्डकी स्थानिय नेपाली गायिका शीतल पुनले तीज गीत प्रस्तुत गरेकी थिइन भने, सानी नानीहरुले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रम नेपाल स्कटल्याण्ड एसोसियसनको आयोजनामा भएको थियो।
प्रकाशन मिति–२०७३ साल भदौ २४ गते शुक्रबार ।

Similar Posts