स्कटल्याण्डको एडिनबर्गमा बडा दशैमा भव्यरूपमा दशै नाचगान कार्यक्रम सम्पन्न

0 minutes, 0 seconds Read

scotland-news-3स्कटल्याण्डको एडिनबर्गमा बडा दशै 2016 को अबसरमा भव्यरूपमा नाचगानका साथ कार्यक्रम सम्पन्न ।।
स्कटल्याण्डको एडिनबर्गमा हिन्दूधर्मालम्बिहरूको महान चाड बडा दशै भव्य रुपमा मनाएको छ। स्कटल्याण्डमा रहेका विजय डंगोलका अनुसार नेपालवाट धेरै टाढा स्कटल्याण्डमा रहेका नेपालीद्वारा आफ्नो परम्परा तथा संस्कृतिलाई नेपालमा जस्तै मनाउने कार्य भएको छ।

देवी कडेल र सबि खनालको प्रस्तुति, आयोजक नेपाल स्कटल्याण्ड एसोसियसनका उपादक्ष्य निसान रिजाल बाट शूभ-कामना ब्यक्त साथै स्कटल्याण्डका स्थानिय बाल कलाकाहरु अबिसा, कृष्मा, आयूष्मा, अन्जु लगायत कलिना श्रेष्ठको आकर्षक नृत्य तथा स्कटल्याण्डका चर्चित गायिका सित्तल पुनका सूमधूर गानाको प्रस्तुतिले कार्यक्रममा रौनकता बढाएको थियो। अनि डीजे कूणालले नाइटलाई अझ रोमान्चक बनाएको थियो।

स्कटल्याण्डवासी द्वारा कार्यक्रम अत्यन्त भव्य तथा सभ्य रुपमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्। प्रवासमा नेपालीहरुले यति धेरै राम्रो दशै कार्यक्रम गरिनुले आफूहरुलाई अत्यन्त खुशी लागेको जानकारी पनि दिएका छन्।

scotland-news-1

Similar Posts