काठमाडौ। आकाशे पानीको सदुपयोग विषयमा विशेष तालिमको आयोजना भएको छ। लायन्स क्लव अफ काठमाडौ स्वनिगःको आयोजनामा तालिमको आयोजना भएको हो।

काठमाडौको खुशिबुँ टाउन प्लानिङ स्थित बहुउदेश्यीय मार्शल आर्ट तालिम हलको सभाकक्षमा कार्यक्रमको आयोजना भएको हो। स्थानीय ७५ जना गृहिणी महिला दिदीबहिनी र सर्वसाधारणको सहभागिता रहेको तालिम कार्यक्रमको उदघाटन काठमाडौ महानगरपालिका वडा नंबर १६ का वडा सदस्य कल्पना श्रेष्ठ गुरुङले गरेकी थिइन्।

तालिम कार्यक्रमको स्वीच–अन बरिष्ठ लायन मणिश्री रत्न बज्राचार्यले गरेका थिए। कार्यक्रममा लायन्स क्लव अफ काठमाडौका चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजु, प्रेसिडेन्ट धर्म कुमार श्रेष्ठ, फस्ट भाइस प्रेसिडेन्ट गेहेन्द्र गुरुवाचार्य लगायतको उपस्थिति थियो।

कार्यक्रमको संचालन आयोजक लायन्स क्लव अफ काठमाडौ स्वनिगःका सचिन कृष्णशरण रानामगरले गरेका थिए। तालिमको प्रशिक्षण कार्य प्रकाशचन्द्र अमात्यवाट भएको थियो। सहभागीहरुले आकाशे पानी संकलन र त्यसको सदुपयोग विषयको तालिम अत्यन्त उपयोगी भएको बताएका छन्।

प्रकाशन मिति–२०७५ साल साउन २७ गते आइतवार ।