
हंगकंग। हंगकंगमा रहेकी नेपाली गायिका सोनम महर्जन हंगकंगमा सम्मानित बनेकी छन्। हंगकंगमा बसेर नेपालीको छोरीको परिचय तथा पहिचान सहितको गीति एल्वम नेपाली छोरी निकालेर निक्कै चर्चा कमाएकी सोनम महर्जनलाई हंगकंग नेपाली महासंघले हालै सम्मानित गरेको हो।

बरिष्ठ संगीतकार दीपक जंगमवाट सम्मानित बन्दै सोनम महर्जन ।
प्रत्येक बर्ष हंगकंगमा रहेका नेपाली पहिचानको गौरबता दिन सफलता प्राप्त गर्ने एकजना कलाकारलाई महासंघले दिदैआएको सम्मान यो बर्ष सोनम महर्जनलाई प्रदान गरिएको हो। जसवाट निक्कै नै गौरवान्दित बनेकी गायिका सोनम महर्जनले यसवाट आफूलाई थप जिम्मेवारीको महशुश गराएको प्रतिक्रिया दिएकी छन्।

हंगकंगमा डेढ दशकदेखि निरन्तर बसोबास गर्दैआएका नेपालका ख्यातिप्राप्त उस्ताद कृष्णभक्त महर्जनको सुपुत्री सोनम महर्जन नेपाल क्लव हंगकंगवाट पनि केही दिनअघि मात्र सम्मानित बनेकी छन्। नेपालका लिजेन्ड गायक प्रेमध्वज प्रधानको सम्मानमा आयोजित सरगम साँझमा गायिका सोनम महर्जनको साथमा उस्ताद पिता कृष्णभक्त महर्जन र म्युजिक टेक्निसियन दाजु स्वदेश महर्जनलाई पनि एकसाथ सम्मानित गरिएको थियो।
प्रकाशन मिति–२०७३ साल असोज ७ गते शुक्रबार ।