अमृत लामा अमेरिकावाट युरोप पुग्ने

0 minutes, 0 seconds Read

काठमाडौं । धर्म, जाति तथा राजनीतिवाट माथि उठेर बनेको नेपालीहरुको विश्वप्रसिद्ध संस्था हामी नेपाली ग्लोबलको युरोपका तीन देशमा शाखा विस्तार भएको छ। अमेरिकाको न्यूयोर्कमा केन्द्रिय कार्यालय रहेको नेपालीहरुको अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलको युरोपका तीन देश जर्मन, बेल्जियम र नेदरल्याण्डमा विस्तारित शाखाको उदघाटन तथा प्रशिक्षणका लागि हामी नेपाली ग्लोबलका सर्वमान्य केन्द्रिय अध्यक्ष अमृत लामा त्यसतर्फ प्रस्थान गर्ने भएको हो।

केन्द्रिय अध्यक्ष लामाका साथमा केन्द्रिय कोषाध्यक्ष रविन बज्राचार्य पनि अमेरिकाबाट युरोप प्रस्थान गर्ने तयारीमा रहेका छन्। यही जुन १६ तारिखमा युरोप शाखा गठन गर्न अध्यक्ष लामा र कोषध्यक्ष बज्राचार्य जुन १५ का दिन त्यसतर्फ जान लागेको हामी नेपाली ग्लोबलका केन्द्रिय महासचिव मंगलदास श्रेष्ठले बताएका छन्।

विश्वका ४० भन्दाबढी मुलुकहरुमा हामी नेपाली ग्लोबलको सञ्जाल छन् । ती सवै देशमा क्रमशः शाखा विस्तार गर्दै जाने हामी नेपाली ग्लोबल सस्थाले जनाएको छ। विश्वभरका नेपालीहरुलाई एकिकृत गरेर उनीहरुलाई आपत विपत पर्दा सहयोग गर्ने उदेश्यले हामी नेपाली ग्लोबल संस्था अमेरिकामा स्थापना भएको जानकारी केन्द्रिय अध्यक्ष अमृत लामाले भिजन संसार डटकमलाई बताएका छन्। अध्यक्ष लामाका अनुसार, युरोपमा नेपालीहरुको बर्तमान अवस्थाको वारेमा बृहत छलफल गरिने भएको छ।
प्रकाशन मिति–२०७६ साल जेठ २८ गते मंगलवार ।

Similar Posts