‘हेल्लो जिन्दगी’को सिद्धार्थ बनस्थलीका स्कुले साथीहरुलाई मायाको चिनो । चैत्र ११ गते रिलिज डेट ।। अभिनेता विक्रम जोशीको खुशी ।।।

0
286

काठमाडौं। बेलायतवाट निर्मित नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’को केही दिन अघि फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै आगामी चैत्र ११ गतेलाई प्रदर्शन मिति तोकिसकेको छ। प्रदर्शन मिति तय भएसंगै चलचित्र ‘हेल्लो जिन्दगी’को पनि व्यापक प्रचारप्रसार गर्ने कार्य हुन थालेको हो ।

यसक्रममा ‘हेल्लो जिन्दगी’का प्रमुख अभिनेता तथा निर्माता बिक्रम डि जोशीले आफ्ना स्कुले साथीहरुलाई ‘हेल्लो जिन्दगी’ का तर्फबाट मायाको चिनो प्रदान गरेका छन् । अभिनेता जोशीले आफू पढेको काठमाडौंको बालाजु स्थित सिद्धार्थ बनस्थली–२०४७ को ब्याचले शनिबार राजधानीको मनास्लु होटलमा आयोजना गरेको बिद्यार्थी पुनर्मिलन समारोहमा आफ्नो फिल्मको तर्फबाट ‘हेल्लो जिन्दगी’ अंकित ‘टोकन अफ लभ’ र ‘गिफ्ट ह्याम्पर’ उपलब्ध गराएका हुन् ।

समारोहमा अभिनेता जोशीका साथीहरुले ‘हेल्लो जिन्दगी’ को अत्याधीक सफलताको शुभकामना ब्यक्त गर्दै उनको ब्यक्तित्व, अभिनय कला र सहयोगी भावनाको चर्चा गरेका थिए । बेलायतमा रहेका अभिनेता जोशी र अमेरिकामा रहेकाले निर्देशक एभरेष्ट सूर्य बोहरासमेत उक्त समारोहमा उपस्थित हुन नसकेपनि चलचित्र ‘हेल्लो जिन्दगी’का तर्फबाट मुख्य सहायक निर्देशक सुदीप कुँवरले मायाको चिनो प्रदान गरेका थिए। सँगै पढेका साथीहरुसँग ‘हेल्लो जिन्दगी’का तर्फबाट भए पनि जोडिन पाएकोमा अभिनेता जोशीले बेलायतवाट खुशी ब्यक्त गरेका थिए ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ बेलायत र नेपालमा खिचिएको हो। ‘हेल्लो जिन्दगी’को निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् ।

सिर्जना जोशी महर्जन कार्यकारी निर्माता रहेको ‘हेल्लो जिन्दगी’को सहनिर्मात्रीमा सबिता गुरुङ छिन्। फिल्ममा बिक्रम डि जोशीका साथमा प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई,एभरेष्ट सूर्य बोहरा,बिक्रान्त बस्नेत,सबिता गुरुङ,जानकी पन्त,धु्रव दत्त,कुमुद पन्त र सनमकुमार बैरागको अभिनय रहेको छ । निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा रहेको फिल्मको लाइन प्रोड्युसरमा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया छन् ।

प्रकाशन मिति–२०७८ साल पुस २६ गते सोमवार ।