१ नंबर प्रदेशका स्थायी राजधानी अव विराटनगर

0 minutes, 0 seconds Read

विराटनगर । १ नंबर प्रदेशको स्थायी राजधानी अव विराटनगर हुने पक्का भएको छ। सोमबार बसेको १ नंबर प्रदेशसभाले स्थायी राजधानी विराटनगरमा रहने प्रस्ताव पारित गरेको हो।

कार्यपालिका, व्यवस्थापिकालगायत संरचना बृहत् विराट विकास क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपास रहने प्रस्तावका पक्षमा प्रदेशसभाका ९३ सदस्यमध्ये ८६ मत परेको थियो।

विपक्षमा शून्य मत परेकाले दुई तिहाइ मतले प्रस्ताव पारित भएको घोषणा सभामुख प्रदीपकुमार भण्डारीले गरेका थिए।
प्रकाशन मिति–२०७६ साल बैशाख २३ गते सोमवार ।

Similar Posts