२४ बर्षपछि म्याराथनमा नेपाललाई स्वर्णपदक

0
144

काठमाडौं। नेपालले २४ बर्षपछि म्याराथनमा स्वर्णपदक पाएको छ। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुष म्याराथनमा नेपालले स्वर्ण पदक जितेको हो। शनिबार विहान भएको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका हुन्।

दशरथ रंगशालाबाट शुुभारम्भ भएको प्रतियोगिता ४२ दशमलव १९५ किलोमिटर छिचोल्दै पुनः दशरथ रंगशाला मै आएर समापन भएको थियो। किरणले उक्त दुरी २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा पूरा गरेका थिए। रजत पदक जितेका भारतका राशपल सिंहले २ घण्टा २१ मिनेट ५७ सेकेण्ड समय लगाए।

उनी स्वर्णधारी नेपालका बोगटी भन्दा ४० सेकेन्डले पछि परेका थिए। कास्य पनि भारतले नै जितेको छ। भारतका श्री सिंहले २ घण्टा २२ मिनेट ०७ सेकेण्ड लगाएर कास्य जिते।
प्रकाशन मिति–२०७६ साल मंसिर २१ गते शनिवार ।