२ सय ३८ जना ज्येष्ठ नागरिकको भव्य सम्मानमा वडा अध्यक्षको गंभीरता र भावुकता

0 minutes, 0 seconds Read

ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर १६ मा जन्मी–हुर्केका ज्येष्ठ नागरिकहरुको भव्य सम्मान भएको छ। ललितपुरको पाटनढोका स्थित अशोक हलमा आयोजित भव्य कार्यक्रममा ज्येष्ठ नागरिकहरुको सम्मान भएको हो।

७७ बर्षदेखि १ सय २ बर्षसम्मका २ सय ३८ जना ज्येष्ठ नागरिकहरुलाई एकसाथ भव्य सम्मान गरिएको जानकारी आयोजक ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले भिजन संसार डटकमलाई दिएका छन्। वडा अध्यक्ष शाक्यका अनुसार,नेवारी परम्परा अनुसार ७७ वर्षमा गरिने पहिलो जंकु, ८२ वर्षमा गरिने दोस्रो जंकु र ८८ वर्षमा गरिने तेस्रो जंकु सकिसकेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो।

फरक ढंगवाट फरक शैलीवाट ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने क्रममा वडा अध्यक्ष शाक्य आफैपनि बेला–बेलामा भावुक बनेका थिए। सानो कुराले पनि गंभीर बन्ने प्रवृतिका वडा अध्यक्ष शाक्यलाई १ सय २ बर्षकी ज्येष्ठ नागरिक तुल्सीदेवी श्रेष्ठले अझ धेरै राम्रो काम गर्न आशीर्वाद दिएकी थिइन्। प्रमुख अतिथि मेयर चिरिवावु महर्जनका साथ आशीर्वाद पाएका वडा अध्यक्ष शाक्यले तुल्सीदेवीलाई ढोग्दै हतारमा पर्सवाट १ हजारको नोट निकालेर चढाउने कार्य पनि गरेका थिए।

त्यस अवसरमा भिक्षु कौण्डन्यले शील सदाचारले बुढेशकालमा सुखप्रदायक हुने अवधारणा राख्दै ज्येष्ठ नागरिकहरुलाई उत्प्रेरणा दिने धेरै ज्ञानगुन दिने कार्य भएको थियो।
प्रकाशन मिति–२०७६ साल बैशाख २० गते शुक्रवार ।

Similar Posts