happy-new-year-2017काठमाडौ। इस्वी संवतानुसारको अंग्रेजी नयाँ बर्ष २०१७ आजवाट शुरु भएको छ। यो संवत प्रचलनमा रहेका संसारका सवै देशहरुमा धुमधामका साथ नयाँ बर्ष मनाइन्छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ ।

पर्यटकीय स्थलहरुमा राति अबेरसम्म नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम भएका छन्। यस अवसरमा शुभकामना आदानप्रदान गर्ने चलन छ। नयाँ वर्षको अवसरमा पर्यटकीय स्थलहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गर्ने चलन छ।

महोत्सवमा पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरुलाई आकर्षित गर्ने गरिन्छ।
प्रकाशन मिति–२०७३ साल पुस १७ गते आइतवार । २०१७ जनवरी १ तारेख ।