काठमाडौं । इस्वी संवत अनुसारको नयाँ बर्ष २०२२ शुरु भएको छ । अंग्रेजी (ग्रेगोरियन) क्यालेण्डर (पात्रो) अनुसार नयाँ वर्ष २०२२ शुरु भएको हो।

जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वतको शुरुवात भएको भनाइ रहेको छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको मानिन्छ। विवाद भए पनि उपनिवेशकालमा विभिन्न ठाउँमा यो सम्वत् लगाएकाले अहिले यसको विश्वव्यापी प्रचार र प्रयोग रहेको छ।

यसैवीच नेपालमा आजैको दिन टोपी दिवसको रुपमा मनाउने कार्य भएको छ। नेपाली राष्ट्रिय टोपी विश्वकै युनिक मानिन्छ । सवैलाई शुभकामना ।।।
प्रकाशन मिति–२०७८ साल पुस १७ गते शनिवार ।