Vetran Writer Padam Shrestha & His Books.
Vetran Writer Padam Shrestha & His Books.

काठमाडौ। पेशाले पत्रकार अनि परिचयले संस्कृतिकर्मी । यी दुई नाम तथा परिचय भित्र पदम श्रेष्ठ चिनिएका छन्। जातिय उत्पिडन तथा धार्मिक विभेद जस्ता सामाजिक कुरीतिले मनभित्र–भित्रै विद्रोह जन्मेपछि एक होइन, दुई होइन।

Padam Shrestha 5

तेह्र धार्मिक तथा जातिय कृतिरुपी सन्तान जन्माउन सफल कृतिकार पदम श्रेष्ठका पुस्तकमा धार्मिकता तथा जातियताको यथार्थ परिचय पाइन्छ। त्यो परिचय भित्र आफूलाई बचाउदै आएका संस्कृतिविद पत्रकार पदम श्रेष्ठले यी तेह्र कृति जन्माउन कयन बर्ष दुःख गरेका छन्।

कति समय भोक–भोकै अनुसन्धानमा जुटेका छन्। कतिपय समय विभिन्न व्यक्ति–विशेषका हैरानी तथा हेपाई पनि खेपेका छन्। पत्रकार हुनुको नाताले अक्षरको खेती गर्ने अक्षरकर्मीको नाताले ती सवै हैरानी तथा हेपाईलाई पनि खेपेर मौलिक कृति सिर्जना गरेर धार्मिक सम्पदा तथा जातिय परिचयको पहिचान राख्ने कार्य पदम श्रेष्ठवाट भएको छ।

Padam Shrestha 4

कुनैबेला अध्ययन तथा अनुसन्धानको सिलसिलामा ९९ बर्षिय इतिहास पुरुष सत्यमोहन जोशी खाली खुट्टै खेतका आली तथा बस्ती अनि मन्दिर–गुम्बामा पुगेजस्तै थोत्रै साइकल सर्रर गरेर भएपनि तर्रतरी मेहनतको पसिना चुहाएर सिर्जना गरेका ती तेह्र सिर्जनालाई धार्मिक सम्पदाका विद्यार्थी तथा जातिय परिचय र पहिचान खोज्नेहरुले खोजी–खोजी पढने गरेका छन्। जसवाट दिनरात नभनिकन दुःख गरेर सिर्जना गरेका ती सिर्जनाले सम्मान तथा मूल्य पाएकोमा पदम श्रेष्ठ सन्तुष्टिको सास फेर्छन्।

Padam Shrestha 3

दुई दशक लामो पत्रकारिताले खासै जीवन उकास्न नसकेपनि यतिखेर अनुसन्धान तथा पुस्तक लेखनवाट जीवन वाँच्न सकिएकोमा बल्ल जीवनको महत्व बुझ्न थालेका छन्–पदम श्रेष्ठले। यतिखेर विभिन्न जातिय समूह, खलःपुचःहरुले पदम श्रेष्ठलाई आफ्ना समूह तथा जातिको बारेमा पुस्तक लेखिदिन आग्रह गर्ने धेरै छन्। सवैलाई समय दिन सकिरहेका छैनन्। फुर्सदमा सवैको अध्ययन तथा अनुसन्धान गरेर लेख्न थोरै समयमा संभव हुंदैन।

गहिरिएर गहकिलो पुस्तक निकाल्नका लागि गंभीर अध्ययन तथा अनुसन्धान पछि निक्लिएको निश्कर्षलाई नै पुस्तकको आकार दिने कार्य आफूवाट हुने यथार्थता पनि पदम श्रेष्ठले भनेका छन्। कुनैपनि समय तथा परिस्थिति र चाडपर्वका विषयमा धाराप्रवाह बोल्न अनि तिथिमिति समेत कण्ठै भन्न सक्ने पछिल्लो पुस्ताका संस्कृतिविदका रुपमा पदम श्रेष्ठ देखिएका छन्।

Padam Shrestha 2

पदम श्रेष्ठको विव्दता तथा मेहनतले हरेक बर्ष जातिय तथा सांस्कृति पहिचानका कृति निक्लने हरेक बर्षजस्तो हतारो भैरहेको छ। पदम श्रेष्ठव्दारा लिखित तेश्रो लिङ्घी भूमिका श्रेष्ठको सनसनीपूर्ण जीवनी निकल्ने तर्खरमा रहेको छ। घोष प्रकाशन संस्थावाट प्रकाशित हुने तर्खरमा रहेको यस पुस्तकले तेश्रो लिङ्घीका संवन्धमा बेग्लै सनसनीपूर्ण कृतिका रुपमा पहिचान दिने निश्चित भएको छ।

यसवाहेक थप चार कृति प्रकाशनको प्रतिक्षामा रहेको पनि लेखक तथा संस्कृतिविद पदम श्रेष्ठ बताउंछन्।
प्रकाशन मिति–२०७४ साल असोज १४ गते शनिवार। विजया दशमी ।