Achheta Guru 4काठमार्डौ । अक्षेता गुरुको नामबाट हाल निक्कै नै ख्याति कमाउंदै गरेका ज्योतिष कीर्तन धामीको काम नै अक्षेताको जोड–घटाउबाट सवैको भूत–भविष्य र बर्तमानको यथार्थता बताउनु हो । भविष्यमा हुन सक्ने क्षतिलाई न्यून तथा दूर गर्नका लागि विभिन्न उपाय समेत बताउने गरेका अक्षेता गुरुको बेग्लै विशेषता भएकोले सवैको उनीप्रति विश्वास बढ्न थालेको छ ।

Achheta Guru 4 (1)

सवैको भलो होस् र कसैको जिन्दगीमा दुःख भन्ने कुरा नहोस् भनेर यसतर्फ लागेको बताउने अक्षेता गुरु कीर्तन धामीले यस कार्यो थालनी गरेको पनि पुगनपुग सात बर्ष लागिसकेको छ । यसअवधिमा हजारौको विविध समस्याको समाधान गर्ने कार्य अक्षेता गुरुबाट भएको छ । यसलेगर्दा पनि अक्षेता गुरुकोमा पुगेर भूत–भविष्य र बर्तमानको आँकन गर्न खोज्नेहरु संतुष्ट भएर फर्कने गरेको पाइएको छ । अक्षेताको जोड–घटाउको परिणामबाट देखिने जे–जस्तो कुरा छ, त्यसलाई जस्ताको तस्तै भनेर त्यसको समाधानको उपाय समेत बताउने बेग्लै खुवी भएकोले अक्षेता गुरुको हाल नाम र ख्याति बढ्न थालेको हो ।

Achheta Guru 4

पुस्तेनी कामको रुपमा शुरु गरेतापनि भारतमा केही समय बसेर अक्षेताको जोड–घटाउ ज्योतिष विज्ञानको अध्ययन गरेर प्रमाण–पत्र लिएर फर्केपछि पुस्तेनी उक्त कार्यमा अझ बढी पुट दिन सफल भएको अक्षेता गुरु धामीले भनेका छन् । ध्यान तथा योग र ज्योतिष विज्ञानको करामतले ४० बर्षको उमेर पुगिसक्दा पनि २४ बर्षको जस्तो मात्र देखिदा प्रारम्भमा कतिले नपत्याउने गरेको छ ।

तन्नेरी अक्षेता गुरुको भूत–भविष्य र बर्तमानको अक्षेताको जोड–घटाउको आंकनबाट मिलेपछि सवैले उनलाई गजबको कमालको गुरु भन्न थालिएको छ । आइतबार र बुधबार बाहेक अक्षेता गुरु धामीको ललितपुरको कुपण्डोल गुरुनानकव्दार अगाडिको गल्लीभित्रको आश्रममा भूत–भविष्य र बर्तमान बुझ्न आउनेहरुको बाँक्लै भीड देखिने गरेको छ ।
प्र्रकाशन मिति–२०७३ साल बैशाख २४ गते शुक्रवार ।