काठमाडौं। अग्रज अभिनेता एवम् बरिष्ठ गीतकार पवन जोशी हिजोआज अभिनयमा भन्दा बढी गीत लेखन तथा निर्देशनमा नै व्यस्त बनेका छन्। एक पछि अर्को गीत रेकर्ड तथा म्युजिक भिडियो निर्देशनमा जोशी व्यस्त बनिरहेका हुन्।

नेपालको ख्यातिप्राप्त फोटोग्राफर समेत रहेका अभिनेता जोशीले लेखेका एक पछि अर्को गीत रेकर्ड हुने क्रममा ६८ औं गीत पनि रेकर्ड भएको छ। रवि कुमार महर्जनको गायनमा फ्रेमभित्रको तस्बीर बोलको गीतको रेकर्ड भएको हो।

अनिल तुलाधरको संगीत रहेको यस गीतको रेकर्ड विजय मास्कीले गरेका हुन्। चाँडै नै यस गीतको भिडियो पनि निर्माण हुने भएको छ।
प्रकाशन मिति–२०७८ साल साउन २ गते शनिवार ।