काठमाडौं। स्वभाविक अभिनयका माहिर अग्रज अभिनेता तथा निर्देशक पवन जोशी भव्य सम्मानित बनेका छन्। कीर्तिपुरमा आयोजित कार्यक्रममा अग्रज अभिनेता तथा निर्देशक जोशी सम्मानित बनेका हुन्।

जोशीलाई कीर्तिपुरको अग्रणी सहकारी संस्था कीर्तिपुर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं बार्षिक अवसरको उत्सवमा कीर्तिपुर तथा नेपालकै गौरब जोशीलाई कदर पत्र तथा सम्मान–पत्रले सम्मान गरिएको हो।

कीर्तिपुर वहुउदेश्यीय सहकारी संस्थाका प्रवन्धक जयराम महर्जनले कदर पत्र तथा नवनिर्वाचित अध्यक्ष दिलवहादुर महर्जनले सम्मान पत्र प्रदान गरिएको थियो। संस्थाका संस्थापक सदस्य समेत रहेका अग्रज अभिनेता तथा निर्देशकलाई संस्थालाई पुर्याएको योगदानको कदर स्वरुप कदर पत्र तथा नेपाली तथा नेपालभाषाका चलचित्रमा सर्वोत्कृष्ट योगदान दिएवापत सम्मान प्रदान गरिएको संस्थाले जनाएको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र २७ गते बुधवार ।