काठमाडौं। अग्रज अभिनेता तथा निर्देशक पवन जोशीको निर्देशनमा एक पछि अर्को म्युजिक भिडियो निर्माण भैरहेको छ। यसक्रममा ५१ नंबरको म्युजिक भिडियोको पनि निर्माण संपन्न भएको छ।

५१ नंबरको म्युजिक भिडियो भने आम म्युजिक भिडियो भन्दा अलि फरक रहेको जानकारी निर्देशक जोशीले भिजन संसार डटकमलाई दिएका छन्। निर्देशक जोशीका अनुसार, दाम्पत्य जीवनमा अलग–अलग छुट्टिएर बस्नुपर्दाको पीडाको यथार्थतालाई यस म्युजिक भिडियोमा कथावस्तु बुनिएको छ।

गीतको बोल नै छ जुल अमेरिकाय अर्थात तिमी रह्यौ अमेरिकामा रहेको छ। जसमा राजेन्द्र शाक्य र लक्ष्मी महर्जनको गायन रहेको छ भने, शव्द तथा संगीत लक्ष्मी महर्जनको रहेको छ। म्युजिक एरेञ्ज अनिल तुलाधरले गरेका हुन्। राजेन्द्र महर्जन राजी र रमिता महर्जनले अभिनय गरेका छन्। छायाँकन तथा सम्पादन राजेश शाक्यको रहेको छ। मेकअप सनम कुमार घायलले गरेका हुन्।


प्रकाशन मिति–२०७६ साल कात्तिक ७ गते बुधवार ।