ललितपुर । मल्लराजाका खानदानी विश्वमा चित्रमार्फत नेपाल चिनाउने अग्रज कलाकार अजय देसारको योङ पिकासो कम्युनिटी आर्ट स्कुलको आयोजनामा दुईवटा एकल चित्रकला प्रदर्शनी शुभारम्भ भएको छ।

पाटन संग्रहालयमा विहीवारवाट दुई चित्रकला प्रदर्शनी शुभारम्भ भएको हो। चित्रकार सरुनादेवी महर्जनको द लाइट र रिया बज्राचार्यको द इसेन्स नाम दिइएको एकल चित्रकला बिहीबार ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले उद्घाटन गरेका हुन् ।

प्रदर्शनीमा सरुनादेवी र रियाका चिताकर्षक दर्जनौ चित्रहरु प्रदर्शित रहेका छन्। आइतबारसम्म चल्ने प्रदर्शनीमा महर्जनका महिला संवेदनामा र रियाका जीवनमा उमंग र उत्साह भर्ने चित्रहरु रहेका छन् ।


प्रकाशन मिति–२०७५ साल पुष १३ गते शुक्रवार ।