काठमाडौं। नेपालका अग्रज गीतकार रत्नशमशेर थापाको ८३ बर्षको उमेरमा दुःखद निधन भएको छ।

बिहीबार आज विहीवार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा गीतकार थापाको निधन भएको नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले जानकारी दिएका छन्।

बुधबार बेलुकी अचानक अस्वस्थ भएपछि गीतकार थापालाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो। गीतकार थापाको घुम्तीमा नआउँ है, ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’,‘जाग लम्क चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’ लगायतका सयौं गीत सुपरहिट छन्।

राष्ट्रको प्रतिष्ठित साधना सम्मान लगायत दर्जनौ पुरस्कार प्राप्त गरेका गीतकार थापा महान यथार्थवादी गीतकार थिए।


प्रकाशन मिति–२०७७ साल जेठ १५ गते विहीवार ।