काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा १० औं इन्टरनेशनल व्युटी एक्स्पो संपन्न भएको छ। नयाँ दिल्लीको प्रगति मैदानमा भव्य व्युटी एक्सपो संपन्न भएको हो। त्यस व्युटी एक्सपोमा नेपालवाट नेपालकी अग्रज व्युटी एक्सपर्ट रुश्का श्रेष्ठले सहभागिता जनाएर नेपाल फर्केकी छन्।

स्कुल अफ व्युटीसियन आइटीसी स्किल डेभलपमेन्ट सेन्टरकी कार्यकारी प्रमुख समेत रहेकी व्युटी एक्सपोर्टका साथमा राधिका चौधरी निशा सिंह ठकुर र लक्ष्मी महतले पनि सहभागिता जनाएका थिए।

व्युटी एक्सपोका लागि कुम्भ मेला जस्तो नै लागेको त्यस व्युटी एक्सपोमा सहभागिता जनाएर आफूहरुले व्युटी संवन्धी अझ धेरै कुराहरु सिक्न पाएको र विश्वभरका व्युटी एक्सपर्टहरुसंग अन्तरक्रिया गर्न पाएको जानकारी पनि व्युटी एक्सपर्ट श्रेष्ठले भिजन संसार डटकमलाई दिएकी छन्।

विश्वभरका व्युटीसियनहरुको कुम्भ मेलामा नेपालवाट आफूहरु चारजनाले सहभागिता जनाएर नेपाल पनि राम्रा व्युटी एक्सपर्टहरुको देश हो भनेर चिनाउन सफलता प्राप्त गरेको व्युटी एक्सपर्ट श्रेष्ठले भनेकी छन्।


प्रकाशन मिति–२०७६ साल बैशाख २९ गते आइतवार ।