काठमाडौं। अग्रज रंग पत्रकार डब्बु क्षेत्रीको निर्देशनमा व्युटी पत्रकार सरिता भारतीको गजबको अभिनय रहेको छ। उक्त अभिनयमा अभिनेता रमेश चन्द सोडारी र भूपेन्द्र कुमार खड्का पनि मिसिएका छन्।

सरिता भारती र रमेश चन्द सोडारीको माया–प्रेममा भूपेन्द्र कुमार खड्का भिलेन बनेका छन्। त्रिकोणात्मक प्रेम कथामा आधारित यो कथा फिल्मको नभइकन गायक तथा संगीतकार अनि गीतकार सुवर्णकुमार श्रेष्ठको विलकुलै नयाँ गीत नमाग मसँग माया बोलको म्युजिक भिडियोको हो।

जुन भिडियो सामाजिक सञ्जाल युट्युवबाट रिलिज भएको छ। बुढासुब्बा डिजिटलबाट यो गीतको भिडियो रिलिज गरिएको हो। आफ्नी श्रीमती तथा प्रेमिकालाई सानो कुरामा शंका गर्दा घर नै बर्बाद हुने र सम्बन्ध बिग्रने कथा यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ।

प्रकाशन मिति–२०७७ साल असार २१ गते आइतवार ।